मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

केपी ओलीलाई अप्ठ्यारोमा पार्ने प्रचण्डको यस्तो ‘प्लान’

केपी ओलीलाई अप्ठ्यारोमा पार्ने प्रचण्डको यस्तो ‘प्लान’

  • मिडिया डबली
  • बिहिवार, चैत्र २६ २०७७

  • 1.8K
    SHARES

  • केपी ओलीलाई अप्ठ्यारोमा पार्ने प्रचण्डको यस्तो ‘प्लान’

    काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नसकेको नेकपा माओवादी केन्द्रले सरकारलाई अप्ठ्यारोमा पार्ने तयारी गरेको छ ।

    पार्टी छाडेर एमालेमा प्रवेश गरेका सांसदलाई कारवाही गरिएको सूचना माओवादी केन्द्रले संसद् सचिवालयमा बुझाएको छ ।

    images
    images

    आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रधानमन्त्री ओलीले चुनौती दिइरहेका बेला माओवादी केन्द्रले एमालेमा प्रवेश गरेका नेता र सांसदलाई कारबाही गरेको छ । माओवादी केन्द्रले एमाले प्रवेश गरेका आफ्ना ४ सांसदलाई मंगलबार कारवाही गरेको छ ।

    नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभू साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरीले दल त्याग गरेको सूचना संसद् सचिवालयलाई दिएका छन् । यी सबै प्रतिनिधिसभा सदस्य हुन् । 

    माओवादी स्थायी कमिटी सदस्य तथा प्रमुख सचेतक देव गुरुङले उनीहरु एमाले प्रवेश गरेका कारण दल त्याग गरेको सूचना पठाएको बताएका छन् । ‘दल त्याग गरेपछि सोही सूचना संसद् सचिवालयमा पठाइएको हो,’ गुरुङले भने ।

    माओवादीले दल त्यागसम्बन्धी सूचना संसद् सचिवालयमा दिएपछि शहरी विकासमन्त्री साहले एमालेको समेत भोट पाएर जितेका सांसदलाई प्रचण्ड वा माओवादीले कारबाही गर्न नसक्ने प्रतिक्रिया दिएका छन् । 

    ‘चुनाव जित्न एमालेसँग एकता/सहकार्य गर्ने, तत्कालीन नेकपा अध्यक्ष हैसियतमा सर्वोच्च अदालतमा पुनरवलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिइराख्नेले हामी साझा घोषणापत्र तथा संयुक्त मतबाट निर्वाचित प्रतिनिधिसभा सदस्यमाथि कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै पनि नैतिकताले सुहाउँदैन,’ उनले भने ।

    यसअघि माओवादी अध्यक्ष प्रचण्डले रामबहादुर थापा ‘बादल’ लगायत नेताहरुलाई मन्त्री बनाएर आफूले गल्ती गरेको बताएका थिए । ओली नेतृत्वको सरकारविरुद्ध चाँडै अविश्वासको प्रस्ताव ल्याउने समेत उनले बताए । अविश्वास प्रस्ताव ल्याउन नसकेपछि केही दिनयता माओवादीले फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् पार्टीमा फर्काएका कारण अल्पमतमा परेका ओली आफैंले विश्वासको मत लिनुपर्ने बताउँदै आएको छ ।

    प्रधानमान्त्री ओलीले भने अविश्वासको प्रस्ताव ल्याए राजीनामा दिने बताएका छन् । प्रधानमन्त्री निकट सांसद गोकूल बाँस्कोटाले पनि अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिएका छन् । ‘प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याए भैगो नि, अन्य पार्टीमा प्रवेश गरेका नेताहरुलाई कारवाही गरेर किन तर्साउने ?’ बाँस्कोटाले भने ।  

    माओवादीले पार्टी विधान उल्लंघन गरेको भन्दै एमालेमा पसेका नेता तथा सांसदलाई यसअघि समेत स्पष्टीकरण सोधेको थियो । माओवादीले एमालेमा प्रवेश गरेका बादलसहित २३ नेतालाई स्पष्टीकरण सोध्दै पार्टीमा फर्कन आग्रह गरेको भए पनि उनीहरु फर्केका छैनन् ।

    ओलीले फागुन २८ गते केन्द्रीय कमिटी बैठक राखेर माओवादीबाट एमालेमा आएका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । गृहमन्त्री समेत रहेका थापालाई भने ओलीले बाग्मती प्रदेशको इन्चार्ज समेत बनाएका छन् । त्यसपछि माओवादी केन्द्रले उनीहरूलाई स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अघि बढाएको छ ।

    पार्टीले संसद सचिवालयमा दल त्याग गरेको सूचना पठाएपछि सांसद पद समेत जान्छ । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार माओवादी संसदीय दलले एमालेमा गएर मन्त्री भएकाहरुलाई कारवाही गर्न थालेको छ । पार्टीले कारबाही गरेको पत्र निर्वाचन आयोग र संसद् सचिवालयमा पठाएपछि सांसद पद रिक्त हुने व्यवस्था छ ।

    माओवादीले उनीहरुलाई कारबाहीको प्रक्रिया अगाडि बढाएपछि ओलीले पनि पार्टीभित्र अनुशासनको कारबाही गर्ने बाटो खुलेको छ ।  

    एमालेभित्र माधवकुमार नेपाल तथा झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाइरहेका छन् । ओलीले नेपालसहित भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरिसकेका छन् ।

    माओवादीले एमाले प्रवेश गरेका आफ्ना सांसदलाई दल त्याग गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएपछि ओलीले पनि नेपाल समूहका केही सांसदलाई अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गरेको सूचना संसद् सचिवालयमा दिने र सांसद पदबाट हटाउन सक्ने सम्भावना समेत रहेको छ ।

    सर्वोच्च अदालतले फागुन २३ गते नेकपा खारेज गरी त्यसमा एकीकृत एमाले र माओवादीलाई अलग–अलग गराए पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । समर्थन फिर्ता लिने तयारी भए पनि ओली विरुद्धको गठबन्धन बनिनसकेको र जनता समाजवादी पार्टीले कसलाई समर्थन गर्ने निर्णय नगरिसकेको अवस्थामा फिर्ता लिन असहज भएको माओवादी नेता बताउँछन् ।

    ‘अहिलेको अवस्थामा परिस्थिति परिपक्व भएको छैन परिस्थिति परिपक्व भएपछि अविश्वासको प्रस्ताव पनि आउने छ, समर्थन पनि फिर्ता लिइने छ,’ माओवादी स्थायी कमिटी सदस्य तथा सचेतक गुरुङले भने । आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology