मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images
राजनीतिक बिशेष

ओलीले जिताएका सांसदले संसद्मै राजसंस्था पुनःस्थापना गर्न माग गरेपछि...

ओलीले जिताएका सांसदले संसद्मै राजसंस्था पुनःस्थापना गर्न माग गरेपछि...

  • मिडिया डबली
  • मंगलवार, चैत्र २४ २०७७

  • 3.3K
    SHARES

  • ओलीले जिताएका सांसदले संसद्मै राजसंस्था पुनःस्थापना गर्न माग गरेपछि...

    काठमाडौं -  प्रधानमन्त्री केपी ओली र राप्रपाका नेताहरूबीच हार्दिक सम्बन्ध छ । त्यही भएर ओलीले गरेका हरेक कदमको राप्रपाले समर्थन गर्दै आएको छ ।

    प्रतिनिधिसभामा राप्रपाका एकजना सांसद छन् राजेन्द्र लिङ्देन । झापा ३ बाट निर्वाचित यी सांसदले एमालेकै भोटले चुनाव जितेका हुन् । झापा ३ मा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको थियो ।

    images
    images

    तर, प्रत्यक्ष निर्वाचनमा तेस्रो पार्टीले चुनाव जित्नुमा ओलीकै विशेष भूमिका थियो । आफूले चुनाव जित्न पनि ओलीले राप्रपासँग सहकार्य गरेका थिए । ओलीले जिताएका तिनै सांसद लिङ्देन अहिले राजसंस्था पुनःस्थापनाको माग गरिरहेका छन् ।

    उनले सोमबार प्रतिनिधिसभामै राजसंस्था आवश्यक रहेको बताए । अहिलेको शासन प्रणाली नै विफल भएको जिकिर गर्दै उनले अब नयाँ ढंगले सहमति आवश्यक रहेको बताए ।

    यसक्रममा विगतमा पाखा लगाइएको देशको परम्परागत शक्ति ‘राजसंस्था’लाई पनि समेट्नुपर्ने उनको भनाइ थियो । ‘हामी कहाँ जाने भनेर हिँडेका थियौं, कहाँ पुग्यौं ? काठमाडौंबाट काँकडभिट्टा जाने भनेर हिँडेको, नारायणघाटबाट पूर्व लाग्नुपर्ने तर बाटो उल्टो भयो भनेर हामीले पहिले नै भनेको हो । त्यतिबेला हाम्रो स्वर सानो भयो, संख्या सानो भयो,’ उनले भने ।

    मुलुकले अहिलेको अस्थिरताबाट शिक्षा लिएर नयाँ सम्झौता गर्नुपर्ने बेला आएको लिङ्देनले बताए । ‘वर्तमान सरकारसँग धेरै कुरामा विमति, असहमति भए पनि गत वर्ष विखण्डनको कुरा गर्ने सिके राउत र यो वर्ष विप्लव समूहको नेकपालाई सरकारले मुल प्रवाहमा ल्याएको छ,’ उनले भने, ‘साँच्चै नै राष्ट्रिय एकता गर्ने हो भने यतिले मात्र पुग्दैन, सिके राउत र नेत्रविक्रम चन्दलाई मात्र होइन, अनेक लाञ्छना र अभियोगका बाबजुद पनि शान्त र सौम्य रहेको नेपालको राजसंस्थालाई पनि स्थान दिएर मुलुकमा राष्ट्रिय एकता कायम गर्न म सबै राजनीतिक दलहरूलाई आग्रह गर्छु ।’

    उनले पाखा लगाइएको शक्ति ‘राजसंस्था’लाई पनि स्थान दिएर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारिणी प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने सुझाव दिए । पछिल्लो समय ओली पनि राजसंस्थाप्रति नरम देखिएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology