शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीले तीन वर्षमा प्रचण्डको राजनीति सके, अब डेढ वर्षमा जसपाको सिध्याउने

ओलीले तीन वर्षमा प्रचण्डको राजनीति सके, अब डेढ वर्षमा जसपाको सिध्याउने

  • मिडिया डबली
  • सोमवार, चैत्र २३ २०७७

  • 10.0K
    SHARES

  • ओलीले तीन वर्षमा प्रचण्डको राजनीति सके, अब डेढ वर्षमा जसपाको सिध्याउने
    फाइल तस्वीर

    काठमाडौं - प्रधानमन्त्री केपी ओली पछिल्लो समय नेपाली राजनीतिका चतुर खेलाडी हुन् । करिब ६ वर्षदेखि नेपालको राजनीति ओलीकै वरिपरि घुमिरहेको ।

    ०७१ सालमा एमालेको अध्यक्ष निर्वाचित भएलगत्तै राजनीतिक विश्लेषकहरूले ‘नेपाली राजनीतिमा ओलीको उदय’ भएको टिप्पणी गरेका थिए । भएको पनि त्यस्तै छ । आफू कुर्सी र नेतृत्वमा पुग्न ओली जस्तोसुकै सम्झौता र सहमति गर्न पछि पर्दैनन् भन्ने कुरा केही उदाहरणले नै पुष्टि गर्छ ।

    एमालेको अध्यक्ष बन्न उनले आफ्ना विरोधी वामदेव गौतमलाई प्रभावित बनाए । उनलाई विभिन्न लोभलालच र आश्वासन दिए । नत्र नवौं महाधिवेशनमै ओली होइन, माधवकुमार नेपाल अध्यक्ष बन्ने थिए । ओली ५५ मतले मात्र विजयी भएका हुन् ।

    यदि वामदेव गौतम माधव नेपालकै पक्षमा रहेका भए ओली कहिल्यै एमाले अध्यक्ष बन्ने थिएनन् । आफू अध्यक्ष निर्वाचित भएपछि ओलीले माधव नेपाल समूहलाई भित्तासम्मै लगेर पेल्यो । ०७४ को निर्वाचनमा ओलीले वामदेवलाई बर्दियाबाटै हराउन विशेष भूमिका खेलेको एमाले नेताहरु नै बताउँछन् ।

    वामदेवको अहिलेको हालत घरको न घाटको भएको छ । निर्वाचनताका ओलीले आफू प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्बन्ध सुधार गरे । कांग्रेसको सरकारमा रहेका बेला प्रचण्डले ओलीसँग घाँटी जोडे ।

    प्रचण्डसँगको घाँटी जोडाइले ओलीले प्रधानमन्त्री पद पाए । प्रचण्डलाई आधा कार्यकाल दिन्छु भनेर भद्र सहमति गरे । तर, पछि उनले प्रचण्डले प्रधानमन्त्री त के नेकपाको एकता नै विभाजन गरिदिए ।

    ओलीकै धोकाका कारण प्रचण्डको अहिलेको हालत सबैले देखेकै छन् । अहिले ओली जसपालाई ललिपप देखाइरहेका छन् । त्यसका लागि उनले महन्थ ठाकुर र राजेन्द्र महतोलाई फकाइरहेका छन् ।

    तराई मधेसमा पस्न नसकेकाले ओलीले ठाकुर र महतोलाई फकाइरहेका छन् । यतिबेला उनलाई जसपाको निकै ठूलो भर चाहिएको छ । यदि माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा जसपालाई सरकारमा ल्याउने उनको तयारी छ ।

    तर, ओलीसँगको डेढ वर्षे सहकार्यले जसपा भन्ने पार्टीको राजनीति धरातलमा पुग्ने निश्चित छ । किनभने आफ्नो स्वार्थ पूरा भएपछि त्यसलाई रद्दीको टोकरीमा फाल्ने ओली प्रवृत्ति नै हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend