मंगलवार, बैशाख ७ २०७८Apr 20 2021

Logo
images
images
images
images

देउवालाई थाहै नदिई कांग्रेसभित्र अर्कै खेल, बैठक नै प्रभावित

देउवालाई थाहै नदिई कांग्रेसभित्र अर्कै खेल, बैठक नै प्रभावित

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 10.6K
    SHARES

  • देउवालाई थाहै नदिई कांग्रेसभित्र अर्कै खेल, बैठक नै प्रभावित

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विवाद चर्किएको छ ।

    सभापति देउवा प्रधानमन्त्री ओलीलाई हटाउन अग्रसर नभएपछि विकल्प खोज्न थालिएको छ । देउवालाई थाहै नदिई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नयाँ प्रधानमन्त्री खोज्न थालेका छन् ।

    images
    images

    ओलीलाई प्रधानमन्त्रीबाट हटाउन कांग्रेसले जसरी पनि अविश्वासको प्रस्ताव प्रतिनिधि सभामा लैजानुपर्ने पक्षमा देउवाइतरका नेताहरू रहेका छन् ।

    कतिपय देउवा पक्षका नेताले समेत अविश्वासको प्रस्तावमा साथ दिने देखिएको छ । देउवा भने अहिले नै ओली सरकारविरुद्ध एक्सनमा जाने वातावरण तयार भई नसकेकाले पार्टीले निर्णय गरिहाल्न नहुने पक्षमा रहेका स्रोतले जनाएको छ । 

    पौडेल पक्षका नेताहरू भने देउवाले नचाहेमा अरु कसैलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुपर्ने पक्षमा देखिएका छन् । दिउँसो २ बजेका लागि बोलाएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक रातिसम्म पनि शुरू हुन सकेको छैन । 

    शुक्रवारको बैठकमा सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने विषयमा छलफलको तयारी गरेका छन् । वरिष्ठ नेता पौडेल पक्षले भने वर्तमान सरकारविरुद्ध एक्सनमा जानुपर्ने भन्दै अडानमा रहेको छ । चैत १० गतेलाई कांग्रेसको क्रियाशील सदस्यता बुझाउने अन्तिम समयसीमा तोकिएको थियो ।

    क्रियाशील सदस्यता बुझाउने म्याद थप्ने विषयमा दुवै पक्ष सहमत भए पनि अन्य विषयको विवाद नसुल्झेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    शुक्रबार बैठक बस्न नसके केन्द्रीय कार्यसमिति आईतबारका लागि प्रस्ताव गरिने स्रोतले जनाएको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology