शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

सरकार कुन बेला ढल्ने ठेगान नभएको भन्दै ओलीले गरे भटाभट नियुक्ति

सरकार कुन बेला ढल्ने ठेगान नभएको भन्दै ओलीले गरे भटाभट नियुक्ति

  • मिडिया डबली
  • शुक्रवार, चैत्र २० २०७७

  • 11.8K
    SHARES

  • सरकार कुन बेला ढल्ने ठेगान नभएको भन्दै ओलीले गरे भटाभट नियुक्ति

    काठमाडौं - राजनीतिक अस्थिरताका कारण कुन बेला ओली सरकार ढल्ने हो ? निश्चित छैन । एमालेमा देखिएको किचलोले प्रधानमन्त्री केपी ओलीको पद जुनसुकै बेला जान सक्ने सम्भावना छ ।

    माओवादी केन्द्रले समर्थन फिर्ता लिने अन्तिम तयारी भएको र विश्वासको मत लिनेबेला ओलीले कारबाही गरेका माधव पक्षका सांसद संसदमा उपस्थित नभएमा प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनेछन् ।

    सोही कारण आज शुक्रबार मन्त्रिपरिषद् बैठक राखेर ओलीले भटाभट आसेपासेलाई राजनीतिक नियुक्ति दिएका छन् । आज नियुक्ति पाउने सबै एमाले कार्यकर्ता हुन् ।

    शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिका सदस्यहरुमा अवकाश प्राप्त सहायकरथी बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।

    मन्त्रिपरिषद बैठकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको प्रस्तावमा बोर्ड अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । बोर्डको अध्यक्ष बन्न तीनजनाको आवेदन परेको थियो ।

    आवेदन दिनेमा लेखनाथ शर्मा पंगेनी, रमेशकुमार खड्का र लक्ष्मण हुमागाईं थिए । काभ्रेका हुमागाई सुरुमा राजावादी थिए । नेपाल टेलिभिजनमा हुँदा उनले राजावादी रमा सिंहलाई निकै सहयोग गरेका थिए । पछि उनले एमाले बनेका हुन् ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २० गते सूचना जारी गर्दै विज्ञापन बोर्डको अध्यक्ष बन्न इच्छुक व्यक्तिहरुलाई आवेदन माग गरेको थियो । विज्ञापन बोर्डमा यसअघि नै सदस्यहरुको नियुक्ति भइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend