आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रचण्ड निवेदन बोकेर सर्वाेच्च अदालत पुगेपछि केपी ओलीको कडा जवाफ 

प्रचण्ड निवेदन बोकेर सर्वाेच्च अदालत पुगेपछि केपी ओलीको कडा जवाफ 

  • मिडिया डबली
  • मंगलवार, चैत्र १७ २०७७

  • 8.2K
    SHARES

  • प्रचण्ड निवेदन बोकेर सर्वाेच्च अदालत पुगेपछि केपी ओलीको कडा जवाफ 

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मंगलबार पुनरावलोकन निवेदन बोकेर सर्वाेच्च अदालत पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कडा जवाफ दिएका छन् ।

    अदालत परिसरमा प्रतिक्रिया दिँदै प्रचण्डले एकताबद्ध भइसकेका दललाई पुरानै अवस्थामा फर्काउने सर्वाेच्च अदालतको फैसलामा छिट्टै पुनरावलोकन भएर यथार्थ कुरा बाहिर आउने बताए ।

    विवादित नेकपा नाम ऋषि कट्टेललाई दिएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध आज मंगलवार प्रचण्ड पुनरावलोकनको निवेदन दर्ता गराउन पुगेका थिए ।

    विगतमा पनि कतिपय फैसलामा टिप्पणी भएर पुनरावलोकनको प्रश्न उठेपछि पुनरावलोकन हुने गरेको प्रचण्डले बताएका छन् । ‘केही पहिलाको फैसला पनि ताजा उदाहरण छ,’ प्रचण्डले भने, ‘एकताबद्ध भइसकेका दलहश्रलाई विभाजित गर्नेजस्तो राजनीतिक काम अदालतले सच्याउने छ भन्ने हामीलाई विश्वास रहेको छ ।’

    प्रचण्डले नाम सम्बन्धी मुद्दामा निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहना नराखेको समेत बताएका छन् । ‘नाम मात्रै करेक्सन होस् भन्ने निवेदकको माग थियो । निवेदनभन्दा बाहिर गएर सर्वोच्च अदालतले गरेको निर्णय पक्कै पनि पुनरावलोकन गर्छ, केही दिनभित्रै, यसमा ढिलो गर्नुपर्ने छैन,’ प्रचण्डले भने ।

    प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फागुन ११ गतेको फैसला ऐतिहासिक भएपनि पार्टीको नाम सम्बन्धी फागुन २३ गतेको फैसला स्वाभाविक नलागेको प्रचण्डले बताए । ‘फैसला अस्वाभाविक छ, अप्राकृतिक छ र राजनीतिक प्रकृतिको निर्णय भयो भनेर असहमति जनाएका हौं । त्यसमा पुनरावलोकन गर्नुपर्‍यो भनेर निवेदन दर्ता गराएको छु,’ प्रचण्डले भने ।

    प्रचण्ड अदालत पुगेपछि प्रधानमन्त्री ओलीले व्यंग्य वाण प्रहार गरेका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी मिलाइदिने काम अदालतको नभएको बताए । ‘पार्टी किन फुटाइदिएको भन्ने ? निर्वाचन आयोगमा गएर थपक्क पार्टी एकता गर्न कसले रोक्या छ ? एउटै पार्टी गरिपाउँ ! गर न एउटा पार्टी, गर एउटा पार्टी । अदालतले गरिदिने हो एउटा पार्टी ? पार्टी मिलाइदिने काम अदालतको हो र ? म पनि महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्छु,’ ओलीले भने ।

    पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरणको चर्चा चलेका बेला एउटै मञ्चमा देखापरेको अवस्थामा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरतिर हेर्दै भनेका छन्, ‘उहाँ र म नमिल्ने अनि अदालतमा गएर महन्थजीको पार्टी मिलाइपाउँ भनेर निवेदन हाल्ने ?’

    उनले अदालतमा गएर एमाले र माओवादी एक नहुने स्पष्ट पारे । ओलीले प्रचण्डलाई मिल्ने बाटोमा नहिँडेको पनि बताए । उनले भने, ‘मिल्ने बाटोमा हिँड्नुस् न ! डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend