शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
आजको विशेष

ओली किन सधैं धनी व्यापारी च्याप्छन् ?

ओली किन सधैं धनी व्यापारी च्याप्छन् ?

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 7.2K
    SHARES

  • ओली किन सधैं धनी व्यापारी च्याप्छन् ?

    काठमाडौं - झापाबाट कम्युनिस्ट राजनीति सुरु गर्दा अहिलेका प्रधानमन्त्री केपी ओलीहरूले पनि व्यक्ति हत्याबाट थालेका थिए । जसलाई झापा आन्दोलन भनियो ।

    त्यही काण्डमा ओली पक्राउ परे । १४ वर्ष जेलमा बसे । आफ्नो युवा उमेर जेलमा बिताउनुपर्दा ओलीमा आर्थिक सम्पन्नता र पैसा महत्वपूर्ण लागेको उनकै समकालीन नेताहरूले बताउने गरेका छन् ।

    जेलबाट निस्केपछि ओली पार्टीमा सक्रिय भए । त्यसपछि उनले जहिल्यै पनि पैसा भएका नेता वा व्यापारीलाई च्याप्ने गरेको देखिएको छ । अहिले त्यो उत्कर्षमा पुगेको छ । मन्त्रिपरिषद्देखि आफ्नो किचेन क्याबिनेटमा पनि ओलीले धनी व्यापारीलाई राख्ने गरेका छन् ।

    त्यही भएर अहिले कोही पनि उद्योगी व्यापारी ओलीविरुद्ध चुँसम्म बोल्न मान्दैनन् । नेपाल विद्युत प्राधिकरणले दर्जनौं उद्योगी व्यापारीबाट करिब १० अर्ब बक्यौता उठाउन बाँकी छ ।

    ट्रंक र डेडिकेटेड विद्युत लाइन प्रयोग गरेबापत नाम चलेका उद्योगी व्यापारीले राज्यलाई अर्बौ रुपैयाँ तिर्न बाँकी छ । अहिले तिनै व्यापारी ओलीको छत्रछायाँमा परेका छन् । शरणमा पुगेका छन् ।

    जसले गर्दा ओलीले प्राधिकरणलाई व्यापारीबाट बक्यौता नउठान दबाब दिँदै आएका छन् । कुलमान घिसिङले प्राधिकरणमा पुनः नियुक्ति नपाउनु पनि उद्योगीकै कारण मानिएको छ ।

    अघिल्ला अर्थमन्त्री युवराज खतिवडाले अग्रवाल घरानियालाई सजिलो पारिदिन चकलेट र विद्युतीय कारमा कर घटाइदिएका थिए । त्यो पनि ओलीकै निर्देशनमा भएको पुष्टि हुन्छ । नेपाली राजनीतिक दलमध्ये एमाले सबैभन्दा व्यवस्थित र संगठित पार्टी हो ।

    एमालेका हरेक वर्ग र क्षेत्रमा राम्रो पकड छ । शिक्षक, कर्मचारी, सुरक्षा निकाय, एनजीओ आइएनजीओ, व्यापारिक घरानामा एमाले मन पराउने धेरै छन् । यी ठाउँमा एमालेले विभिन्न आश्वासन र प्रलोभन दिएर आफ्नो संगठन विस्तार गरेको छ ।

    हुन पनि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको संरक्षणवादी नीतिका कारण पनि सो पार्टीलाई भोट दिनेको संख्या उल्लेख्य रहेको देखिन्छ । देशको संविधान, कानुन, ऐन नियम सबैलाई लत्याएर भए पनि ओलीले आफ्ना कार्यकर्ताको संरक्षण गर्दै आएका छन् ।

    देशका महत्वपूर्ण निकायमा नियुक्ति र अवसर दिने गरेका छन् । पछिल्लो समय एमालेमा व्यापारीको लस्कर पनि धेरै देखिएको छ । ओलीले पार्टीको नेतृत्व सम्हालेदेखि नै एमालेमा व्यापारीको दबदबा बढेको हो ।

    ओलीले आफ्नो आर्थिक सल्लाहकार नै मोती दुगड राखेका छन् । जो कर र भ्याट छलीमा मुछिएका व्यक्ति हुन् । अहिले अर्घाखाँची सिमेन्टका सञ्चालक राजकुमार अग्रवालले साढे दुई अर्ब बिजुलीको बक्यौता तिर्न बाँकी छ ।

    ओलीले त्यो पैसा पार्टीका लागि लिएर मिनाहा गराउने आशंका बढेको छ । मन्त्रिपरिषद्‍मा व्यापारीलाई राखेका ओलीले एमाले मुख्यालय बस्‍ने घरको बन्दोबस्त पनि अहिले आर्थिक सल्लाहकार व्यापारी दुगडले गरेका हुन् ।

    झगडियाको चिया पनि नखाने नेपाली समाज, संहिता सबैलाई ओलीले तिलाञ्‍जलि दिएका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा एमालेको मुख्यालय बस्दा यति समूहले नेपाल ट्रस्टका अधिकांश सरकारी जग्गा हडप्‍न सफल भएको थियो ।

    यति समूहका आङछिरिङ शेर्पा, खेतान समूहका राजेन्द्र खेतान, बी एन्ड सी मेडिकल कलेजका दुर्गा प्रसाई, पशुपति मुरारकादेखि आईएमई ग्रुपसम्म सबै एमालेकै कब्जामा छन् ।

    अहिले बिजुली बक्यौता विवादमा परेका व्यापारी अग्रवालको घरमा एमाले पार्टी कार्यालय बस्‍ने भएको छ । अबको डेढ वर्षमा ओलीले कति व्यापारी र उद्योगीलाई फाइदा हुने निर्णय गर्ने हुन् ? केही समय पर्खनै पर्ने हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend