शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

अन्ततः ओली सरकारको गफ झूट साबित, कोरोनाको खोप लगाउन बन्द

अन्ततः ओली सरकारको गफ झूट साबित, कोरोनाको खोप लगाउन बन्द

  • मिडिया डबली
  • बिहिवार, चैत्र ५ २०७७

  • 5.4K
    SHARES

  • अन्ततः ओली सरकारको गफ झूट साबित, कोरोनाको खोप लगाउन बन्द

    काठमाडौं – कोरोना भाइरसविरुद्ध पहिलो चरणमा कोभिसिल्ड खोप लगाएकालाई आगामी बैशाखमा दोस्रो डोज खोप दिइने भएको छ ।

    बैशाख ७–११ गतेसम्म दोस्रो डोज दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।

    मन्त्रालयका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बुधवार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले पहिलो चरणको खोप लिएका सबै नागरिकलाई दोस्रो डोज दिने निर्णय गरेको छ ।

    पहिलो चरणको अभियान माघ १४ देखि फागुन १० गतेसम्म ४ लाखभन्दा बढीले पहिलो डोज खोप लगाएको मन्त्रालयले जनाएको छ । लक्षित समूहको झण्डै ८५ प्रतिशतले खोप लगाएका छन् ।

    दोस्रो चरणअन्तर्गत फागुन २३ देखि चैत ३ गतेसम्म पहिलो डोज लगाएका नागरिकलाई सूचनापछि प्रकाशन गरिने मन्त्रालयले जनाएको छ ।

    कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ५५ वर्षदेखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यक्रम बन्द गरेको छ । खोप अभाव भएको जनाउँदै सरकारले अभियान बन्द गरेको हो ।

    थप खोप प्राप्त हुनासाथ निरन्तरता दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । खरिद र अनुदान गरी २३ लाख ४८ हजार डोज खोप आएको छ । प्रधानमन्त्री ओलीले भने ३ महिनाभित्र सबै नेपालीलाई खोप लगाउने भनेर गफ दिँदै आएका थिए ।

    दोस्रो चरणको खोप अभियान फागुन २३ गते सुरू गरिएको थियो । ६५ वर्षभन्दा माथिका नागरिकलाई प्राथमिकता दिइएको थियो । १६ लाखभन्दा बढीले खोप लगाएको मन्त्रालयले जनाएको छ । सरकारले सबै लक्षित वर्गलाई खोप लगाउने भनेपनि बीचमै अभियान रोकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend