काठमाडौं - नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले आफूहरू पूर्वएमाले समूहमा मिसिने बताएकी छन् ।
सर्वोच्च अदालतले आइतबार तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताउने गरी नेकपा ऋषिराम कट्टेललाई दिने फैसला गरेको थियो ।
फैसलाको प्रधानमन्त्री केपी ओली पक्षले स्वागत मात्र गरेन, दीपावली नै गरेको थियो । ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने भन्दै अब चाँडै पूर्वएमालेको बैठक बोलाउने घोषणा गरेका थिए ।
ओलीले त्यस्तो घोषणा गरेको भोलिपल्टै नेकपा एमालेकी अध्यक्ष सन्ध्या तिवारीले पनि आफूले एमालेको दाबी नगर्ने र अदालतको फैसला स्वीकार्ने बताएकी छन् । एमाले र माओवादी एकता भएपछि नेकपा एमाले दर्ता गराएकी तिवारीले आफूले एमालेमा दाबी नगर्ने बताएकी हुन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा तिवारीले लेखेकी छन्, ‘समृद्ध नेपाल सुखी नेपालीका लागि जनताको बहुदलीय जनवादलाई मार्गदर्शन मानी मुलुकको शान्ति, सुव्यवस्था र बिकासका लागि हाम्रो पार्टी सम्मानित अदालतले फैसलालाई सम्मान र आगामी दिनमा निर्वाचन आयोगको निर्देशनलाई स्विकार गरि अगाडि बढ्ने छौं,’ तिवारीले फेसबुकमा लेखेकी छन् ।
अदालतले एमाले र माओवादी ब्युँत्याइदिएपछि उनले जबज जिन्दावाद भन्दै केपी ओलीतिर मिल्ने प्रस्ट संकेत दिंदै जबज जिन्दावाद भनेकी छिन् । अदालतको फैसलापछि ओलीले पूर्वएमालेको बैठक बोलाउने घोषणा गर्नु र सन्ध्या तिवारीले आफूले एमालेमा दाबी नगर्नुले बालुवाटारको मिलेमतोमै नेकपा एमाले निर्वाचन आयोगमा दर्ता गरेको प्रस्ट हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।