काठमाडौं – प्रतिनिधिसभा विघटनसँगै पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका सुदूरपश्चिम प्रदेशसभा सांसद महेशराज जोशी प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका छन् ।
कम्युनिस्ट सांसद जोशीले सोमबार काठमाडौंमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर प्रचण्ड–नेपाल पक्षमा प्रवेश गरेका छन् ।
पुस ५ गते प्रतिनिधिसभा विघटन हुँदा पूर्व माओवादी पृष्ठभूमिका सांसद जोशी ओली पक्षमा लागेका थिए । जोशी प्रदेशसभा निर्वाचनमा कञ्चनपुरबाट निर्वाचित सांसद हुन् ।
प्रदेश र जिल्ला स्तरमा नेताहरुसँग छलफलपछि सांसद जोशी काठमाडौं गएर प्रचण्ड–नेपाल पक्षमा फर्किएका युवा नेता अर्जुन साउँदले बताएका छन् ।
यतिबेला सांसदहरू ओली र प्रचण्ड–नेपाल पक्षतिर लाग्ने र कित्ता हेरफेर गर्ने चलन चलिरहेको छ । सर्वाेच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युतिएकाले फेरबदल झनै बढ्ने देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।