काठमाडौं – सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच सहमति भएसँगै विप्लव खुला राजनीतिमा आए । यससँगै अब विप्लवलाई ‘अफर’ गर्न थालिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग मिलेर शान्तिपूर्ण राजनीतिमा आएका विप्लवलाई धन्यवाद दिँदै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीमा आउन अफर गरेका छन् ।
अध्यक्ष प्रचण्डले अहिले मुलुकमा अर्को कुनै प्रचण्ड नजन्मिने दाबी गर्दै आफ्नै पार्टीमा आउन विप्लवलाई अफर गरेका छन् ।
शनिबार पार्टी कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले अहिले अर्को प्रचण्ड कोही पनि नबन्ने बताउँदै नेकपा महासचिव विप्लव समेत आफ्नै लाइनमा आएको बताएका छन् ।
‘मैले विप्लवजी छुट्टिँदा पनि भनेको थिएँ, अर्को प्रचण्ड अहिले आउँदैनन्, बन्दैनन्, अन्ततः उहाँ प्रचण्डकै बाटोमा आउनुभयो,’ उनले भनेका छन् ।
विप्लव नेकपाबाट आएका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘विप्लवजीसँग सम्बन्धित कमरेडहरु पनि जोडिनुभयो आज, म तपाईंहरुलाई धन्यवाद भन्न चाहन्छु र विप्लवलाई पनि धन्यवाद भन्न चाहन्छु ।’
प्रचण्डले विप्लव पनि ढिलोचाँडो आफूसँगै आउने विश्वास व्यक्त गरे । मैले जहाँसम्म उहाँसँग बुझेको छु, उहाँ यही टीममा आउनैपर्छ , मैले पहिले पनि भनेको थिएँ, १ दिन आउने छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।