बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीलाई ठूलो झड्का, बामदेव गौतमले दिए यस्तो निर्णय

केपी ओलीलाई ठूलो झड्का, बामदेव गौतमले दिए यस्तो निर्णय

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 9.1K
    SHARES

  • केपी ओलीलाई ठूलो झड्का, बामदेव गौतमले दिए यस्तो निर्णय

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भैंसेपाटीस्थित नेकपा उपाध्यक्ष बामदेव गौतमको घरमै पुगे । घरमै लडेर सामान्य घाइते भएका गौतमलाई भेटेर ओलीले शनिबार बोलाइएको नेकपा संसदीय दलको बैठकमा आउन निम्तो दिए ।

    शुक्रबार नेकपा प्रचण्ड–नेपाल पक्षको संसदीय दलको बैठकमा बामदेव नगएपछि आफूले बोलाएको बैठकमा आउनसक्ने अनुमान ओलीको थियो । तर उपाध्यक्ष गौतमले ओलीलाई ठूलो झड्का लाग्ने निर्णय लिएका छन् ।

    उपाध्यक्ष गौतम नेकपा ओली पक्षको संसदीय दलको बैठकमा समेत नजाने निर्णयमा पुगेका छन् । पार्टी एकता अभियान चलाइरहेका गौतम कुनै पनि पक्षमा नलाग्ने निष्कर्षमा पुगेका स्रोतले जनाएको छ ।

    शुक्रवार साँझ गौतमको निवास भैंसीपाटीमै पुगेर संसदीय दलको बैठक आउन ओलीले दिएको निम्तो खेर गएको छ ।

    उपाध्यक्ष गौतम पार्टीलाई कसरी एक बनाएर अगाडि बढाउने भन्ने अभियानमा लागेकाले कुनै एक पक्षको बैठकमा सहभागी हुने कुरै नरहेको स्रोतले जनाएको छ ।

    शनिबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षको संसदीय दलको बैठक बस्दैछ । नेकपाकै प्रचण्ड–नेपाल पक्षले शुक्रवार प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दल नेता चयन गरिएको छ ।

    आज शनिबार बालुवाटारमा हुने संसदीय दलको बैठकका लागि प्रचण्ड–नेपालसहित सबै सांसदलाई निम्तो पठाइएको छ । बैठकमा को–को सहभागी हुन्छन् हेर्न बाँकी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend