काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आधिकारिकता आफूले पाउनुपर्ने भन्दै यसअघि नै निर्वाचन आयोगमा दाबी पेश गरिसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अर्काे मुद्दा गरेका छन् ।
निर्वाचन आयोगमा शुक्रबार नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुमार नेपालले पेश गरिएको मुद्दामा ओलीलाई विपक्षी बनाइएको छ ।
प्रचण्ड र नेपाल दुबैले हस्ताक्षर गरेको ५ पाना लामो पत्र निर्वाचन आयोगलाई बुझाइएको छ ।
नयाँ पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । अध्यक्षद्वयको तर्फबबाट पत्र बुझाउन नेताहरू राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायत निर्वाचन आयोग पुगेका थिए ।
पत्रमा केपी शर्मा ओली लगायतका नेताहरूलाई पार्टी विधानअनुसार गरेको कारवाही, विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषयलाई पुनः उल्लेख गरिएको छ ।
पढ्नुहोस् पत्रको पूर्णपाठ –





मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।