काठमाडौं – नेकपा विभाजनका कारण प्रधानमन्त्री बन्न पाइने सम्भावना बढेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक आह्वान गरेका छन् ।
बिहीबार दिउँसो ३ बजे सभापति देउवा निवास बूढानिलकण्ठमा बस्ने पदाधिकारी बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठक फागुन २३ गते बस्ने भएपछि रणनीति तय गर्न कांग्रेस पदाधिकारी बैठक बस्न लागेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी आएमा प्रधानमन्त्री पदबाट पछि नहट्ने अभिव्यक्ति बुधबार चितवनको एक कार्यक्रममा दिएका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भने सरकारमा जान नहुने अडान राखेको छ ।
नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि शुक्रबारका लागि बोलाइएको छ । बैठकमा सत्ता सहकार्यबारे समेत छलफल हुने नेताहरूले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।