आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सर्वाेच्चको फैसलापछि बालुवाटारभित्र के गर्दैछन् केपी ओली ? यस्तो छ तयारी

सर्वाेच्चको फैसलापछि बालुवाटारभित्र के गर्दैछन् केपी ओली ? यस्तो छ तयारी

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 19.5K
    SHARES

  • सर्वाेच्चको फैसलापछि बालुवाटारभित्र के गर्दैछन् केपी ओली ? यस्तो छ तयारी

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा संसद् पुनःस्थापना गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भाबी कदमबारे सर्वत्र चासो छ ।

    प्रधानमन्त्री ओली यतिबेला बालुवाटारभित्र के गर्दैछन् ? आज मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि आफ्ना पूर्व निर्धारित कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

    अदालतको फैसलापछि ओलीले मंगलवार ‘मेरा अनुभूतिहरू’ नामक पुस्तक विमोचन गरेका छन् । ‘मेरा अनुभूतिहरू’ पुस्तकको लेखक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्य रहेकी छन् ।

    ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम तय भइसकेको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको बालुवाटार स्रोतले जनाएको छ ।

    ओलीले अदालतको फैसलापछि भाबी कदमबारे छलफलका लागि आफू निकटस्थलाई बालुवाटारमा बोलाएका स्रोतले जनाएको छ । अब ओलीले के गर्छन् भनेर सर्वत्र चासो रहेको छ । निकटसँगको छलफलपछि ओलीले आगामी कदम चाल्ने तयारी गरेको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend