काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशका ४ वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटारमा आकस्मिक बैठकका लागि बोलाएका छन् ।
मंगलबार बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले ४ वटै सुरक्षा निकायका प्रमुखलाई मंगलबार साँझै छलफलका लागि सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।
राज्यका ४ सुरक्षा अंगमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग रहेका छन् ।
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धामा सर्वोच्चको फैसला आउन लागेका बेला प्रधानमन्त्री ओलीले देशका ४ वटै सुरक्षा प्रमुखलाई छलफलका लागि बोलाउनुलाई अर्थपूर्ण रूपका हेरिएको छ ।
मंगलबारै बिहान बसेको सुरक्षा परिषद् बैठकमा मुुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षा, प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने लगायत विषयमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, मुख्यसचिव शंकरदास वैरागी र प्रधानसेनापति पूूर्णचन्द्र थापा सहभागी रहेका थिए ।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्न सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुुख्यसचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने प्रावधान रहेको छ ।
परिषद्को सदस्य सचिवका रूपमा रक्षा मन्त्रालयका सचिवले काम गर्ने व्यवस्था छ ।
यसअघि हिजो सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबीच भेटवार्ता भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।