सोमवार, फाल्गुण २४ २०७७Mar 08 2021

Logo
images
images
images
images

केपी ओलीले प्रधानसेनापतिसँग गरे १ घण्टा छुट्टै छलफल, के पाक्दैछ खिचडी ?

केपी ओलीले प्रधानसेनापतिसँग गरे १ घण्टा छुट्टै छलफल, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 3.2K
    SHARES

  • केपी ओलीले प्रधानसेनापतिसँग गरे १ घण्टा छुट्टै छलफल, के पाक्दैछ खिचडी ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच १ घण्टा छुट्टै छलफल भएको छ ।

    बिहान बोलाइएको सुरक्षा परिषद्को बैठक सकिएलगत्तै ओली र थापाबीच १ घण्टा छुट्टै छलफल भएको हो ।

    images
    images

    मंगलबार बिहान बसेको सुरक्षा परिषद् बैठक सकेर पौने ११ बजे सबै सदस्यहरू बालुवाटारबाट बाहिरिएका थिए भने प्रधानसेनापति थापा भने पौने १२ बजे बालुवाटारबाट बाहिरिएका थिए । यसअघि सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सेनापति थापाबीच भेटवार्ता भएको थियो, जसलाई रहस्यमय रूपमा हेरिएको छ ।

    मंगलवार बसेको सुरक्षा परिषद् बैठकमा विप्लव नेकपा माथिको प्रतिबन्ध र संकटकालको विषयमा छलफल भएको स्रोतले जनाएको छ । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था रहेको छ । परिषद् सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने गरेका छन् । परिषद्को सदस्य सचिव रक्षा मन्त्रालयका सचिव रहेका हुन्छन् ।

    राष्ट्रिय विपत् र सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालन सम्बन्धी निर्णय गर्न परिषद्को बैठक बस्ने गरेको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकता अनुसार बैठक बस्ने गरेको छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology