काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे भन्दै केही घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै बाँस्कोटाले १,२,३ संसद पुनःस्थापना हुँदैन भनेर दाबी गरेका छन् ।
चुनावपछि नयाँ संसद बन्ने, सूर्य चिह्न पनि ओलीकै हुने दाबी समेत बाँस्कोटाले गरेका छन् ।
उनले लेखेका छन्, ‘अदालतमा विचाराधीन मुद्दालाई बोलेर लेखेर प्रभावित पार्ने हो भने मैले पनि लेखे ल ! एक, दुई, तीन संसद पुनःस्थापना हुँदैन, चुनावपछि नयाँ संसद बन्छ । साथै सूर्य चिह्न पनि ओलीकै हुन्छ । किनभने वस्तुगत सत्यबाहेक बाँकी सबै भ्रम हुन् । प्रतिक्रिया त जे लाग्छ सो देऊ न ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।