बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

शेरधन राईविरुद्ध प्रदेश सभाभित्रै खुल्यो फायर, दिनगन्ती सुरू

शेरधन राईविरुद्ध प्रदेश सभाभित्रै खुल्यो फायर, दिनगन्ती सुरू

  • मिडिया डबली
  • आइतवार, फाल्गुण ९ २०७७

  • 5.2K
    SHARES

  • शेरधन राईविरुद्ध प्रदेश सभाभित्रै खुल्यो फायर, दिनगन्ती सुरू

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएसँगै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अगाडि बढेको छ ।

    आईतबारको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध फायर खुलेको छ ।

    नेकपा ओली पक्षको असन्तुष्टिबीच ओली पक्षीय मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले लामो समयदेखि बैठक टार्दै आएपनि आईतबार बैठकलाई टार्न सकेनन् ।

    मुख्यमन्त्री राईविरुद्ध नेकपा प्रचण्ड–नेपाल पक्षले पुस १२ गते अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएको थियो । तर ओली पक्षले नेकपा राजनीतिक रूपमा फुटे पनि कानुनी रूपमा नफुटेको भन्दै वैधानिकताबारे प्रश्न गर्दै आएको छ ।

    आईतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर बैठक रोक्न माग गरेका थिए । आईतबार अविश्वास प्रस्ताव पेश भएपछि सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् ।

    अविश्वासको प्रस्तावमाथि छलफल गर्न अर्काे बैठक फागुन २० गते दिउँसो १ बजे बस्ने गरी तोकिएको छ । ओली पक्षले कारवाही गरेका प्रदेशसभा सदस्यलाई बैठकमा सहभागी नगराउन समेत माग गर्दै आएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend