काठमाडौं – लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत लाङटाङ मध्यवर्ती क्षेत्र रसुवामा भएको चुनावमा नेपाली कांग्रेसले अधिकांश वडामा सानदार जीत हात पारेको छ ।
रसुवाको साविक स्याफ्रु गाविसको वडा नम्बर २, ३, ४, ५ र ६ मा भएको निर्वाचनमा नेपाली कांग्रेसले वडा नम्बर २, ४, ५ र ६ मा जीत हासिल गरेको छ भने नेकपाका उम्मेदवार वडा नम्बर ३ मात्र विजय भएका छन् ।
नेपाली कांग्रेसको तर्फबाट विजय हुनेमा वडा नम्बर २ बाट अध्यक्षमा दोर्जे तामाङ, प्रतिनिधिमा पुरुष निमा दोर्जे तामाङ र महिला पेमा देकी तामाङले जितेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट वडा नम्बर ४ मा अध्यक्षमा काम सुब्बा मगर, प्रतिनिधिमा पुरुष टशी फिंजो तामाङ, महिला ओम् किमो तामाङले जितेका छन् ।
वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट अध्यक्षमा कान्छा तितूङ, प्रतिनिधिमा पुरुष दावा ग्यालसेन तामाङ, महिला याङरी तामाङ विजयी भएका छन् ।
वडा नम्बर ६ मा अध्यक्षमा पसाङ वाङदी तीतूङ, प्रतिनिधिमा पुरुष चेङदावा तामाङ, महिला पालमो तामाङ विजयी भएका छन् । यसरी साविक स्याफ्रु गाविसमा हालसम्म भएको चुनावको नतिजा अनुसार नेपाली कांग्रेसका उम्मेदवारले बहुमत प्राप्त गरेका छन् ।
चुनाव सफल बनाउन प्रत्यक्ष/अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्तिलाई धन्यवाद व्यक्त गर्दै बागमती प्रदेशका सांसद तथा नेपाली कांग्रेस रसुवाका प्रभावशाली नेता प्रभात तामाङले बधाई ज्ञापन समेत गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।