सोमवार, फाल्गुण २४ २०७७Mar 08 2021

Logo
images
images
images
images
राजनीतिक विशेष

प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा ?

प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ४ २०७७

  • 31.0K
    SHARES

  • प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा ?
    फाइल तस्वीर

    काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । रिट निवेदकका पक्ष र विपक्षका कानुन व्यवसायीले आ–आफ्नातर्फबाट बहस सकेका छन् ।

    आजदेखि सर्वोच्च अदालतको एमिकस क्युरीका तर्फबाट बहस सुरु हुनेछ । अदालतलाई सल्लाह दिने एमिकस क्युरीका तर्फबाट बहस सकिएपछि मात्र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने कि विघटनलाई सदर गर्ने भन्ने निर्णय गर्ने छ ।

    images
    images

    विश्वस्त स्रोतका अनुसार फागुन १५ गते सर्वोच्चले आफ्नो फैसला सुनाउने भएको छ । प्रतिनिधिसभा विघटनका विषयमा अदालतमा बहस चल्दै गर्दा धेरैमा प्रतिनिधि सभा पुनःस्थापना भएमा क–कसको पद धरापमा पर्ला भन्ने चासो देखिएको छ ।

    सबैभन्दा पहिले प्रधानमन्त्री केपी ओली त संकटमा पर्ने भइहाले । किनभने उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र त्यसको प्रक्रिया अघि बढाउँदा उनले विश्वासको प्रस्ताव गुमाउने निश्चित छ ।

    प्रधानमन्त्री ओलीलाई हटाइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारी टार्गेटमा पर्ने देखिन्छ । किनभने भण्डारीमाथि प्रधानमन्त्री ओलीको सहयोगी मात्र बनेको आरोप लागेको छ ।

    त्यसैले उनलाई पदबार राजीनामा दिन बाध्य पारिने छ नेकपा प्रचण्ड–माधव समूहका नेताअनुसार संवैधानिक अंगका पदाधिकारी नियुक्ति गर्दा कानुनविपरीत बोलाइएको संवैधानिक परिषदको बैठकमा प्रधानमन्त्री ओलीको सहयोगी बनेको आरोपमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना फालिनेछन् ।

    तिमल्सिना ओलीका विश्वासपात्र हुन् । यसैगरी, अर्थमन्त्री भएर प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार हुँदै अमेरिकाका लागि नेपाली राजदूत बनेका डा.युवराज खतिवडाको पद पनि धरापमा पर्ने बताइन्छ ।

    यदि संसद् पुनःस्थापना भएमा उनलाई राजदूतबाट फिर्ता बोलाउने सम्भावना बढी रहेको बताइन्छ । सबैभन्दा महत्वपूर्ण विषय भने अख्तियार प्रमुखलगायत असंवैधानिक तवरले नियुक्त भएका संवैधानिक परिषद्का विभिन्न पदाधिकारीहरुको पद जुनसुकै बेला जाने देखिन्छ ।

    संसद् पुनःस्थापना भएर कांग्रेस वा प्रचण्ड–माधव समूहमध्ये जसको नेतृत्वमा सरकार बने पनि माथि उल्लेखित पदमा आसीनको जागिर खुकुरीकै धारमा रहेको बताइन्छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०९:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology