बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

सर्वाेच्च अदालतको फैसलाबारे यी मन्त्रीको भविष्यवाणी ! उदाउँदो सूर्यमा चुनाव लड्ने संकेत

सर्वाेच्च अदालतको फैसलाबारे यी मन्त्रीको भविष्यवाणी ! उदाउँदो सूर्यमा चुनाव लड्ने संकेत

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २ २०७७

  • 9.3K
    SHARES

  • सर्वाेच्च अदालतको फैसलाबारे यी मन्त्रीको भविष्यवाणी ! उदाउँदो सूर्यमा चुनाव लड्ने संकेत

    काठमाडौं – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले सदर गरिदिने भविष्यवाणी गरेका छन् ।

    दोलखाको चरिकोटमा आईतबार नेकपा ओली पक्षको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने भविष्यवाणी गरेका हुन् ।

    ‘प्रधानमन्त्री आफू अल्पमतमा भएर संसद् विघटन गरेको होइन, बहुमतमा भएरै संसद् विघटन गरेका हुन्,’ मन्त्री गुरुङले भने, ‘६४ प्रतिशत बहुमत भएर परिस्थिति र राजनीतिक हिसाबले गरेको संसद् विघटन सर्वोच्चले सदर गर्छ ।’

    निर्वाचन आयोगले सूर्य चिह्न केपी ओली नेतृत्वमा रहेको आधिकारिक नेकपाले पाउने दाबी समेत मन्त्री गुरुङले गरेका छन् । ‘निर्वाचन आयोगले माधव नेपाललाई चिन्दैन, पहिलो अध्यक्ष प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा चिन्छ । सूर्य चिह्न र पार्टी आधिकारिक रूपमै ओली पक्षकै हुन्छ,’ उनले भने, ‘निर्वाचन आयोगले कथंकदाचित सूर्य चिह्न दुवैलाई दिएन भने पनि दर्ता भएको नेकपा एमालेको उदाउँदो सूर्य चिह्न हाम्रै हुनेछ ।’

    कसको कति लोकप्रयिता छ भनेर जाँच्न चुनुावको विकल्प नभएको मन्त्री गुरुङले बताएका छन् । ‘देशभर भएका सभाले प्रधानमन्त्रीको लोकप्रियता जाँचिसकेको छ, अब निर्वाचनले जाँच्छ,’ उनले भने, ‘हामी स्पष्ट बहुमत ल्याएर नयाँ सरकार बनाउँछौं ।’ प्रवक्ता गुरुङले गाउँगाउँ गएर निर्वाचन प्रचारप्रसारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । 

    नेकपाको ओली पक्षले दोलखामा ५५१ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ । ईश्वरचन्द्र पोखरेलको संयोजकत्वमा कमिटी गठन गरिएको छ ।

    संयोजकबाहेक जिल्ला कमिटीका अन्यको नाम भने सार्वजनिक गरिएको छैन । जिल्ला अधिवेशन कमिटी गठन गरिएका सबै सदस्यहरूलाई फागुन ८ गते जिल्लाका ९ वटै स्थानीय तहमा शपथ गराइने संयोजक ईश्वरचन्द्र पोखरेलले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend