आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

सर्वाेच्चमा केपी ओलीका वकिलको अनौठो बहस : ‘प्रधानमन्त्री राजा बराबर नै हो’ 

सर्वाेच्चमा केपी ओलीका वकिलको अनौठो बहस : ‘प्रधानमन्त्री राजा बराबर नै हो’ 

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 3.5K
    SHARES

  • सर्वाेच्चमा केपी ओलीका वकिलको अनौठो बहस : ‘प्रधानमन्त्री राजा बराबर नै हो’ 

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले अनौठो बहस गरेका छन् ।

    प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार रहेको तर्क गर्दै ओलीका निजी वकिल आरसी गौतमले प्रधानमन्त्रीमा राजा र श्री ३ बराबरको अधिकार रहेको अनौठो तर्क गरेका हुन् ।

    बिहीवारको बहसमा अधिवक्ता गौतमले संविधानले प्रधानमन्त्री ओलीलाई राजाको जत्तिकै अधिकार दिएको बताए । ‘संसद विघटन गर्ने अधिकार संसदीय प्रणालीमा हुन्छ । प्रधानमन्त्री राजा बराबर, श्री ३ बराबर हो, त्यसैले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा हुन्छ,’ गौतमले भनेका छन् ।

    ‘पहिलेको संविधानले जति अधिकार राजालाई दिएको थियो, अहिले त्यति नै अधिकार प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्री भनेको केपी ओली हो । अहिले केपी ओली श्री ३ बराबर हो,’ उनले बहसका क्रममा भने ।

    गौतमले प्रधानमन्त्रीलाई संविधानले अविशिष्ट अधिकार दिएकाले संसद विघटनको अधिकार समेत रहेको तर्क गरेका छन् । अविशिष्ट अधिकार भएकाले नै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको गौतमको दाबी थियो ।

    संवैधानिक इजलासले संविधान हेरेर निवेदन खारेज गर्नुपर्ने माग उनले गरेका छन् ।

    बिहीबार प्रधानमन्त्री ओलीका तर्फबाट बहस गर्ने कानून व्यवसायीको समय सकिएको छ । भोलिदेखि सभामुख अग्निप्रसाद सापकोटाका कानून व्यवसायीले बहस गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend