बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीका वकिल रित्तिएपछि प्रधानन्यायाधीशले झोक्किँदै भने, ‘त्यस्तो कहाँ हुन्छ ?’

केपी ओलीका वकिल रित्तिएपछि प्रधानन्यायाधीशले झोक्किँदै भने, ‘त्यस्तो कहाँ हुन्छ ?’

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 52.8K
    SHARES

  • केपी ओलीका वकिल रित्तिएपछि प्रधानन्यायाधीशले झोक्किँदै भने, ‘त्यस्तो कहाँ हुन्छ ?’

    काठमाडौं – प्रतिनिधिसभा संसद विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी सुनुवाइमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् ।

    प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समयसीमामा कडाइ गरेसँगै बहस गर्ने कानून व्यवसायीको संख्या बढेको छ ।

    प्रधानमन्त्री ओलीका वकिलको तयारी नपुग्दा सोमवार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ समेत भएको छ ।

    इजलासमा प्रधानमन्त्री ओलीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो । दशौं नम्बरमा अधिवक्ता भोजराज आचार्यले बहस गरेपछि लयर्स पोडियममा बहसकर्ता उपस्थित भएनन् । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सोधे, ‘प्रधानमन्त्री ज्यूको तर्फबाट बहस सकिएको हो ?’ 

    त्यतिबेला ४ बज्न करी  आधा घण्टा बाँकी थियो । प्रधानमन्त्री निकट मानिने अधिवक्ता रमेश बडालले सरकार पक्षका वकिल बस्ने लहरबाट उठेर भने, ‘हिजो अस्तिको समयसीमाको हिसाब गरेका थियौं, आज तयारी गरेकाहरूले सक्नुभो, हामी भोलि कन्टिन्यू गर्छौं ।’ 

    बडालले भोलि बहस गर्ने जवाफ दिएपछि प्रधानन्यायाधीश जबरा झोक्किए । जबराले झोक्किँदै भने, ‘त्यस्तो कहाँ हुन्छ, बेन्च बसिरा’छ ।’ बडाल जबरालाई सम्झाउने गर्ने कोसिस गर्दै थिए । माघ ३० गतेसम्म प्रधानमन्त्रीका वकिलले बहस सक्नुपर्ने बेन्चबाट आग्रह भएको हुनाले त्यसैअनुसार विषय छुट्याएर तयारी गरिरहेको बडालले जवाफ दिए तर प्रधानन्यायाधीश जबराको चित्त बुझेन ।

    ‘हुनुहुन्न भने हुनुहुन्न’ भन्दै प्रधानन्यायाधीश आक्रोशित भए । त्यसपछि अधिवक्ता शान्तिदेवी खनाल इजलासमा पुगिन् । विना तयारी लयर्स पोडियममा उभिएकी खनालले लामो पार्टी जीवनमा प्रधानमन्त्री ओलीले अहिले सबैभन्दा ठूलो पीडा खेपेको विवरण राखिन् ।

    संसारमा सबैभन्दा ठूलो न्यायालय जनताको अदालत भएको दाबी गर्दै उनले भनिन्, ‘राजनैतिक मुद्दामा न्याय दिने ठाउँ भनेका जनता हुन्, दुईतिहाइका लागि प्रधानमन्त्री जनतामा गएर टेस्ट हुन पाउनुपर्छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend