मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images

उपराष्ट्रपतिलाई साक्षी राख्दै प्रचण्ड र बाबुरामबीच ‘गोप्य’ भेटवार्ता, के पाक्दैछ खिचडी ?

उपराष्ट्रपतिलाई साक्षी राख्दै प्रचण्ड र बाबुरामबीच ‘गोप्य’ भेटवार्ता, के पाक्दैछ खिचडी ?

  • मिडिया डबली
  • शुक्रवार, माघ ९ २०७७


  • उपराष्ट्रपतिलाई साक्षी राख्दै प्रचण्ड र बाबुरामबीच ‘गोप्य’ भेटवार्ता, के पाक्दैछ खिचडी ?

    काठमाडौं – संसद विघटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भइरहेका बेला पूर्व माओवादीमा सहकर्मी रहेका पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनसँग गोप्य भेटवार्ता गरेका छन् ।

    उपराष्ट्रपति पुनलाई भेट्न प्रचण्ड र बाबुराम लैनचौर पुगेका थिए । शुक्रवार प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गरेलगत्तै प्रचण्ड उपराष्ट्रपति कार्यालय लैनचौर पुगेका स्रोतले जनाएको छ ।

    images
    images
    images

    कैलालीको टीकापुर लगायत तराईका विभिन्न जिल्लामा भएको सरकार विरुद्धको प्रदर्शनमा सहभागी भएर शुक्रबार मात्रै काठमाडौं आइपुगेका भट्टराई समेत उति नै बेला लैनचौर पुगेका थिए ।

    प्रचण्ड र बाबुरामले संयुक्त रूपमा उपराष्ट्रपति पुनसँग आधा घण्टा कुराकानी गरेको जनाइएको छ । के विषयमा कुराकानी भयो भन्ने खुलाइएको छैन ।

    प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तह लगाएपछि उनी बाबुरामसँग नजिकिँदै गएका छन् । प्रचण्डबाट छुट्टिएर नयाँ शक्ति बनाएका बाबुराम अहिले जनता समाजवादी पार्टी (जसपा) मा पुगेका छन् ।

    केही हप्ताअघि पनि लैनचौरमै प्रचण्ड र बाबुरामबीच छलफल भएको जनाइएको छ । पछिल्लो समय प्रचण्ड र बाबुराम नजिकिँदै गएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जानुपर्ने बताइरहेका प्रचण्ड र बाबुरामले उपराष्ट्रपतिलाई साक्षी राखेर छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । राजनीतिक संकटका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारी निवास पुग्ने गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend