बिहिवार, फाल्गुण २० २०७७Mar 04 2021

Logo
images
images
images
images

कांग्रेसका ‘सम्भावित’ मुख्यमन्त्रीले प्रदेशसभाभित्रै देखाए राजनीतिक संस्कार, कम्युनिस्टहरू ट्वाल्ल !

कांग्रेसका ‘सम्भावित’ मुख्यमन्त्रीले प्रदेशसभाभित्रै देखाए राजनीतिक संस्कार, कम्युनिस्टहरू ट्वाल्ल !

  • मिडिया डबली
  • बुधवार, माघ ७ २०७७

  • 21.9K
    SHARES

  • कांग्रेसका ‘सम्भावित’ मुख्यमन्त्रीले प्रदेशसभाभित्रै देखाए राजनीतिक संस्कार, कम्युनिस्टहरू ट्वाल्ल !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रदेश सरकारमा समेत उथलपुथल आउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपाका मुख्यमन्त्री रहेका बागमती र १ नम्बर प्रदेशमा अविश्वासको प्रस्ताव नै दर्ता भइसकेको छ ।

    मुख्यमन्त्री डोरमणि पौडेल र शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको अवस्थामा दुवै पक्षले नेपाली कांग्रेसको साथ चाहिरहेका छन् । यस्तो बेला दुवै पक्षले कांग्रेसलाई मुख्यमन्त्री रोजेरै लिन ‘अफर’ गरेका छन् ।

    images
    images

    बुधबार नेपाली कांग्रेसका १ नम्बर प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै सभापति शेरबहादुर देउवाले १ नम्बर प्रदेशमा प्रचण्ड–नेपाल पक्षीय नेता नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउने अविश्वासको प्रस्तावमा समर्थन गर्न नसकिने अडान लिएका छन् । यसबाट देउवाले मुख्यमन्त्री शेरधन राईलाई कायमै राखेर बागमती प्रदेशमा ओली पक्षीय नेकपाको समर्थनमा कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन चाहेको अर्थ लगाइएको छ ।

    बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीका सम्भावित व्यक्ति हुन् संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ । सभापति देउवा पक्षीय नेता भएकाले बानियाँ मुख्यमन्त्री बन्ने सम्भावना प्रबल रहेको विश्लेषण कांग्रेसभित्र भइरहेको छ ।

    सम्भावित मुख्यमन्त्री बानियाँले बुधबारदेखि सुरू भएको बागमती प्रदेशसभाको हिउँदे अधिवेशनमा राजनीतिक संस्कार प्रदर्शन गरेका छन् । भावी मुख्यमन्त्रीको रूपमा चर्चा भइरहेपनि बानियाँले कांग्रेसलाई सत्तामा जान हतार नभएको स्पष्ट पारेका छन् ।

    बानियाँले कांग्रेस सरकारमा जान आतुर नभएको बताउँदै नेकपा मिल्नुपर्ने बताए । उनले नेकपा एक हुँदा पनि धेरै कुरामा तिक्तता रहेको भन्दै अहिले पनि प्रदेशमा मिलेर जानुपर्ने धारणा राखेका छन् ।

    ‘कांग्रेसलाई जनताले प्रतिपक्षको भूमिका दिएको हुन् । ५ वर्षसम्म कांग्रेस प्रतिपक्षमा बस्न तयार छ,’ उनले प्रदेशसभा बैठकमा भने । प्रतिपक्षी दलका नेताले नेकपा मिल्नुपर्ने बताइरहँदा नेकपाका सांसदहरू ट्वाल्ल परेका थिए ।

    नेता बानियाँले प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल सुरू गरेको बताउँदै नेकपाले जनताको मतको अपमान गरेको समेत बताए । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि फुट्न नहुने नेता बानियाँले दोहोर्‍याएका छन् ।

    हिउँदे अधिवेशनको पहिलो बैठकमा ओली र प्रचण्ड–नेपाल पक्षका नेताहरूले भने एकअर्कालाई आरोप लगाउँदै बोलेका थिए । नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रदेश सरकारको चर्को विरोध गरेकी थिइन् भने ओली पक्षीय नेकपाका मुख्यमन्त्री डोरमणि पौडेलले पनि सरकारलाई असफल बनाउने खेल भएको बताए ।

    पौडेलले संसद विघटनको कुरा सर्वोच्च अदालतले सही र गलत ठहर गर्ने बताउँदै सरकार विकास र समृद्धिको अभियानमा हिँड्दा अहिले केही बाधा आइपरेको बताएका छने । ‘सरकार ढलाउने खेल सुरूदेखि नै भए पनि संविधानका कारण रोकिएको हो, पहिले बामगती प्रदेश सरकारमा एकै स्वरमा बोल्नेहरू पनि अहिले फरक ढंगले प्रस्तुत भएका छन्,’ पौडेलले भने ।

    प्रचण्ड–नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले कानूनी रूपमा नेकपा नफुटे पनि अलग भइसकेको बताएकी छन् । ‘नेकपाका लागि मात्रै नभई मुलुककै लागि ओलीको कदम दुर्भाग्यपूर्ण हो,’ शाक्यले भनिन् ।

    शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली नेकपाको पूर्व अध्यक्ष भएको दाबी गर्दै आफू अहिले बागमती प्रदेश नेकपा संसदीय दलको नेता भएको बताएकी छन् । ‘५ वर्ष सरकार चलाउ भनेर जनताले हामीलाई जिताएको हो । अब फेरि जनतामाझ कसरी मुख देखाउने ? हाम्रो प्रधानमन्त्री केपी ओली त जवाफदेही छैनन् उनलाई जे गरे पनि भइहाल्छ,’ शाक्यले भनिन् ।

    प्रदेशसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद सुरेन्द्रराज गोसाईले प्रदेश सरकार हराएको छैन है भनेर बल्ल चर्चा सुरू भएका बताएका छन् । ‘कोरोना कहरको समयमा हराएको प्रदेश सरकार सातौं आह्वानपछि प्रदेश सरकार हराएको छैन है भनेर शहरमा बल्ल चर्चा सुरू भयो,’ गोसाईले भने । 

    विवेकशील साझा पार्टीका सांसद रमेश पौड्यालले नेकपाको अहिले देखिएको विवाद सत्ताका लागि मात्रै भएको बताएका छन् । दुजै नेकपा पक्षको लडाइँ जनताको हितका लागिभन्दा पनि सत्ताका लागि भएको उनले बताए ।

    बुधबार सुरू  भएको बागमती प्रदेशको हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभाको एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अन्तर ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक बाध्यताका कारण बोलाइएको बैठक सुरू भएकै दिन सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिदिएका छन् ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology