मंगलवार, चैत्र ६ २०८०Mar 19 2024

Logo
images
नेकपा बिबाद

माधव–प्रचण्डलाई अर्को धक्का, शक्तिशाली तीन नेता ओली टिममा

माधव–प्रचण्डलाई अर्को धक्का, शक्तिशाली तीन नेता ओली टिममा

  • मिडिया डबली
  • सोमवार, माघ ५ २०७७


  • माधव–प्रचण्डलाई अर्को धक्का, शक्तिशाली तीन नेता ओली टिममा

    काठमाडौं - नेकपामा नेताहरूको अदली बदली जारी छ । केपी ओली नेकपाका नेता प्रचण्ड–माधव नेपाल गुटमा र ओली गुटका नेता प्रचण्ड–माधव गुटमा आउने जाने क्रम जारी छ ।

    यसैक्रममा प्रदेश १ का तीन सांसद ओली क्याम्पमा फर्केका छन् । यसरी फर्कनेमा जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनाली छन् । गजमेर प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री पनि गजमेरले पुस १२ गते पदबाट राजीनामा दिएकी थिइन् ।

    images
    images
    images

    उनले सोही दिन मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर पनि गरिन् । राजीनामाअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ओली समूहले बनाएको केन्द्रीय सदस्यमा नबस्ने बताइन् ।

    तर राजीनामा दिएको २२ दिनपछि उनी पुनः ओली समूहमा फर्किएकी छन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला झापाबाट मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीनजनाले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

    सोमबार हस्ताक्षर फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा गराएका छन् । यसअघि अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका उदयपुरकी सांसद कला घले र मोरङकी सांसद बसन्तीदेवी यादव ओली समूहमा लागेका थिए ।

    एकपछि अर्का सांसदले हस्ताक्षर फिर्ता लिन थालेपछि प्रचण्ड–माधव नेपाल समूहलाई धक्का लागेको छ । मुख्यमन्त्री राई विरुद्ध ३७ जना प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । तीमध्ये पाँचजनाले फिर्ता लिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend