काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्तै विश्वासपात्र डा. युवराज खतिवडाले छाडेको विशेष आर्थिक सल्लाहकार पदमा उद्योगी एवं निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड नियुक्त भएका छन् ।
डा. खतिवडाले सल्लाहकार पद छाडेर अमेरिकाको राजदूत पद रोजेका छन् ।
हालै मन्त्रिपरिषद् पुनर्गठन गर्दा राज्यमन्त्रीबाट हटाइएका दुगडलाई ओलीले विशेष आर्थिक सल्लाहकार बनाएका हुन् ।
राज्यमन्त्री हुँदा गरेको कामले सबैको मन जितेको दाबी गर्दै दुगडले त्यसैअनुरुप प्रधानमन्त्रीको सल्लाहकार हुन पाएको दाबी गरेका छन् ।
पूर्व अर्थमन्त्री युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएसँगै विशेष आर्थिक सल्लाहकार पद रिक्त थियो ।
अर्थमन्त्रीबाट बिदा भएपछि प्रधानमन्त्री ओलीले डा. खतिवडालाई विशेष आर्थिक सल्लाहकार नियुक्त गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।