शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसमा सुरु भयो ज्योतिषीको चर्चा : देउवाले भने फेरी म प्रधानमन्त्री

कांग्रेसमा सुरु भयो ज्योतिषीको चर्चा : देउवाले भने फेरी म प्रधानमन्त्री

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 3.4K
    SHARES

  • कांग्रेसमा सुरु भयो ज्योतिषीको चर्चा : देउवाले भने फेरी म प्रधानमन्त्री

     काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवालाई धेरै अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले पार्टीभित्र पुनः चर्चामा छ ।

    शुक्रबारको केन्द्रीय कार्यसमितिको बैठकमा नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने पृष्ठभूमि जोड्दै प्रधानमन्त्रीको लाइनमा को–को हुनुहन्छ, ज्योतिषीकोमा हेराउन गए हुन्छ भनी धारणा राखेका थिए ।

    कार्कीले त्यसको भन्दा देउवा मख्ख मात्रै थिएनन्, उनले बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले । ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ,’ देउवाको प्रतिक्रिया उद्धृत गर्दै केन्द्रीय कार्यसमितिका एक सदस्ये भने, ‘हाम्रा सभापतिजीलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा शुक्रबारकै बैठकमा पनि देखाउनुभयो । ज्योतिषीले भनेजस्तौ परिस्थिति पनि उहाँकै वरिपरि आइरहेको छ ।’

    सत्ताका लागि जस्तो पनि जोखिम मौल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभहानिसँग तुलना गर्न थालेको भनेर यतिबेला पार्टीभित्र चर्को आलोचना भइरहेको छ । तर जति आलोचना भए पनि उनी आफ्नो अडानबाट हल्लिएका छैनन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend