काठमाडौं – नेकपा फुटेपछि धेरै सक्रिय भएकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले पूर्व सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गरेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको परिस्थितिबीच राजदूत यान्छीले काठमाडौंमा नेकपा नेताहरूको घरदैलो चहारिरहेकी छन् ।
यान्छीले महरालाई भेट्नुअघि नेकपा अध्यक्ष माधवकुमार नेपाललाई भेटेकी थिइन् । केही दिनअघि यान्छीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटवार्ता गरेकी थिइन् ।
नेता महरासँग राजदूत यान्छीले शुक्रवार महरा निवास खुमलटार पुगेर समसामयिक विषयमा छलफल गरेकी जनाइएको छ ।
राजदूत यान्छीसँगको भेटमा पूर्व सभामुख महराले नेकपाको विवाद सुल्झाउन आफूले महत्त्वपूर्ण भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।