बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

यस्तो दिन आयो ! प्रचण्डको नारा : ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा’

यस्तो दिन आयो ! प्रचण्डको नारा : ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा’

  • मिडिया डबली
  • शुक्रवार, पौष १० २०७७

  • 4.9K
    SHARES

  • यस्तो दिन आयो ! प्रचण्डको नारा : ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्बन्ध गालीगलौजको अवस्थासम्म पुगेको छ ।
     
    संसद विघटनविरुद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहको विरोध प्रदर्शनमा नेकपा नेता कार्यकर्ताले प्रधानमन्त्री ओलीविरुद्ध निकै चर्का नारा लगाएका छन् ।

    प्रचण्ड नेकपाको विरोध प्रदर्शनमा ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा’ नारा लगाइएको छ । काठमाडौंको माइतीघर मण्डलाबाट सुरू भएको विरोध प्रदर्शन निर्वाचन आयोग पुगेको थियो ।

    प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेजीको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले विरोध प्रदर्शन गरेको छ । शुक्रवार बिहानदेखि नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् ।

    विरोध प्रदर्शनमा प्रचण्ड, नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत नेता–कार्यकर्ताहरू सहभागी भएका छन् ।

    प्रदर्शनमा ‘असंवैधानिक कदम मान्दैनौं’, ‘संसद अविधेशन सुचारू गर’, ‘असंवैधानिक हर्कत बन्द गर’, ‘प्रतिगामी हर्कत बन्द गर’ भनेर नारा लगाएका छन् । प्रदर्शनकारीका नारा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध केन्द्रित रहेका थिए । प्रचण्ड–नेपाल नेकपाले ‘ओली चोर देश छोड्, बयलगाडा चढेर अमेरिका जा, ओलीको पाराले दुःख पाए साराले, गणतन्त्र विरोधी मुर्दावाद, प्रतिगमनकारी मुर्दावाद, असंवैधानिक कु खारेज गर, नेकपा एकता जिन्दावाद, बयलगाडा केपी ओली मुर्दावाद, भारतीय दलाल केपी ओली मुर्दावाद, एमसीसी चाहिँदैन, खड्ग ओली चाहिँदैन’ भनेर चर्का नारा लगाएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गते निर्वाचन घोषणा भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend