बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 4.8K
    SHARES

  • चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता 

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

    नेकपा फुटको अवस्थामा पुगेको समयमा राजदूत यान्छी प्रचण्डलाई भेट्‍न ललितपुरस्थित प्रचण्ड निवास खुमलटार पुगेकी हुन् ।

    उनीहरुबीच करिब आधा घण्टा छलफल भएको थियो । उनीहरुबीच बिहीबार बिहान ९:२५ बजेदेखि ९:५० बजेसम्म भेट भएको थियो । नेकपामा अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल समूहले महासचिव चयन गर्ने भएका छन् । 

    यसअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेकी थिइन् । राष्ट्रपति भण्डारीसँगको भेटमा संसद्‌ विघटनका विषयमा असन्तुष्टि जनाएकी थिइन् । 

    प्रचण्ड-नेपाल समूहको बिहीबारको बैठकले महासचिव चयन गर्ने बताइएको छ । महासचिव चयन गर्ने क्रममा तीन नेताहरु प्रचण्ड, नेपाल र झलनाथ खनालबीच विवाद सिर्जना भएको छ । तीनैजनाले आफ्नो मान्छेलाई महासचिव बनाउनुपर्ने अडान राखिरहेका छन् । 

    महासचिवका लागि प्रचण्ड समूहबाट जनार्दन शर्मा, माधव नेपाल समूहबाट भेदुराम भुसाल र झलनाथ समूहबाट सुरेन्द्र पाण्डेलाई अघि सारेका छन् । राजदूत यान्छीले उनीहरुबीचको नेपाल-प्रचण्ड समूहबीचको विवाद समाधानका विषयमा छलफल गरेकी थिइन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend