बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु : केपी ओली

देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु : केपी ओली

  • मिडिया डबली
  • बिहिवार, पौष ९ २०७७

  • 5.8K
    SHARES

  • देश स्वर्ग बन्छ भने म नर्क जान तयार छु : केपी ओली

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले देश स्वर्ग बन्छ भने आफू नर्क जान तयार रहेको बताएका छन् ।

    बुधवार राति योहो टेलिभिजनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका साथीहरूको निरन्तर अवरोधले संसद विघटन गरेको बताएका छन् ।

    ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गर्नु चार्ली च्याप्लिनको जोक जस्तो भएको टिप्पणी गरेका छन् । कुनै बैंङ्क्वेटमा भेला गरेर निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीले दाबी गरे ।

    ‘तपाईलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्कासन गर्ने ! चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तिमा १ दशक अगाडि राजनीतिमा लागेका हुँ । १ दशक अगाडिको पार्टी सदस्यता लिएको होला,’ ओलीले भने, ‘अहिलेको लेफ्ट आन्दोलनको यो हैसियत कसको अगुवाइले भएको हो ? जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकाले जस्तो भएन र ?’

    प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल भष्मासुर भएर निस्किएको आरोप लगाएका छन् । ‘म त अहिले पनि भनिरहेको छु, गलत क्रियाकलाप छाड्नुस्, तृतीय अध्यक्ष बन्नुस् भनेको थिएँ । फ्याट्ट हुन्न भनिदिनुभयो । अहिले द्वितिय अध्यक्ष हुनुभयो,’ ओलीले भने ।

    अन्तर्वार्तामा ओलीले प्रचण्डमाथि सिधा प्रहार गरेका छन् । ओलीले देशै उलटफेर गर्छु भनेर हिँडेका प्रचण्डले के–के परिवर्तन गरे भनेर प्रश्न गरेका छन् ।

    ‘देशकै उलटफेर गर्छु भनेर १७ हजार मान्छे चैट बनाउनुभएको हो । क्रान्तिका नाममा देश कब्जा गर्छु पनि भन्नुभएको हो । दुःखद् परिस्थिति भएपनि उलटफेर नै गर्छन् कि भन्ने थियो । तर अहिले परिवर्तन केमा भयो ? परिवार नातागोता आफन्त ? मलाई धेरै थाहा छैन छिमेकी र नजिक बस्नेलाई थाहा होला । मैले देखेको पनि छैन । उहाँमा पक्कै परिवर्तन भएको होला । तर जसले ज्यान दिए, कुनै शहीद परिवारको बच्चो पढाउने कष्ट गर्नुभएको छ ? सन्तान गुमाएर बेसहारा भएका कसैलाई सहारा दिनुभएको छ ?’ ओलीले प्रश्न गरे ।

    ओलीले प्रतिनिधिसभा विघटन गर्नु संसदीय व्यवस्था र संसदीय अभ्यास भएको दाबी गरे । ‘संवैधानिक मर्म र व्यवस्था अनुसार नै प्रतिनिधिसभा विघटन गरेको हुँ,’ उनले भने ।

    ओलीले आफूसँग ६४ प्रतिशत जनमत रहेको अवस्थामा ३६ प्रतिशतको अल्पमतले सरकार गठन गर्न सक्ने विकल्प नरहेको बताए । अन्तर्वार्ताका क्रममा प्रचण्ड मात्रै होइन, माधव नेपालप्रति समेत ओलीले प्रहार गरे । 

    ‘अर्कै प्रणाली र स्कुललिङबाट आएका व्यक्तिहरू पनि प्रचण्डको पछि लागे । नवौं महाधिवेशनमा उम्मेदवार बन्न नपाए पार्टी फुटाउने अवस्था रहेकाले माधव नेपालका निम्ति विधान संशोधन गरें,’ ओलीले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend