काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गर्नु चार्ली च्याप्लिनको जोक जस्तो भएको टिप्पणी गरेका छन् ।
योहो टेलिभिजनको अन्तर्वार्ताका क्रममा ओलीले कुनै बैंङ्क्वेटमा भेला गरेर निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीले दाबी गरे ।
‘तपाईलाई हाँसो लाग्दैन ? प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्कासन गर्ने ! चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन । प्रचण्डभन्दा कम्तिमा १ दशक अगाडि राजनीतिमा लागेका हुँ । १ दशक अगाडिको पार्टी सदस्यता लिएको होला,’ अन्तर्वार्तामा ओलीले भने, ‘अहिलेको लेफ्ट आन्दोलनको यो हैसियत कसको अगुवाइले भएको हो ? जसले पाहुनालाई बास बस्न दियो, उसले घरबेटीलाई निकाले जस्तो भएन र ?’
प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपाल भष्मासुर भएर निस्किएको आरोप लगाएक्ँ छन्् । ‘म त अहिले पनि भनिरहेको छु, गलत क्रियाकलाप छाड्नुस्, तृतीय अध्यक्ष बन्नुस् भनेको थिएँ । फ्याट्ट हुन्न भनिदिनुभयो । अहिले द्वितीय अध्यक्ष हुनुभयो,’ ओलीले भनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।