काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संकटमा फसेका बेला समेत पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाको भाग्य खुलेको छ ।
खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अमेरिकाका लागि नेपाली राजदूत पदको नियुक्त पाएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट खतिवडालाई अमेरिकाका लागि आवासीय राजदूत नियुक्त गरिएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा डा. खतिवडालाई राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
संसद विघटन हुनुअघि नै संसदीय सुनुवाइ समितिले खतिवडालाई राजदूतमा अनुमोदन गर्ने निर्णय गरेको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।