काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादसँगै देश नै गम्भीर संकटतिर गएका बेला तत्कालीन माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै जनयुद्ध लडेका कमरेडहरूले फाइदाको हिसाब गरेका छन् ।
प्रचण्डका पूर्व सहयोद्धा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्टले प्रचण्डको साथ छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् ।
प्रचण्डसँगै जनयुद्ध लडेका कारण बादललाई स्वाभाविक रूपमा प्रचण्ड समूहमा गणना गरिन्थ्यो । तर बादलले अन्तिम मौकामा प्रचण्डलाई धोका दिएर फाइदा बढी पाउने आशमा ओलीतिर लागेका छन् ।
प्रचण्ड–नेपाल समूहका ७ जना मन्त्रीले आईतबार सामूहिक राजीनामा दिँदा त्यसमा बादल र भट्टको नाम समावेश छैन । प्रधानमन्त्री ओलीले हिजो शनिवार मात्र बादललाई भेटेका थिए ।
हालको मन्त्रिपरिषद्मा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलबाहेक १९ जना विभागीय मन्त्री थिए । यीमध्ये आईतबार योगेश भट्टराई, गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, शक्ति बस्नेत, वर्षमान पुन, बिना मगर र रामेश्वर राय यादवले पदबाट राजीनामा दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।