बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक विशेष

कांग्रेस नेता गगन थापाको लाइनमा नेकपाको प्रचण्ड–नेपाल समूह, यस्तो छ रणनीति

कांग्रेस नेता गगन थापाको लाइनमा नेकपाको प्रचण्ड–नेपाल समूह, यस्तो छ रणनीति

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 5.1K
    SHARES

  • कांग्रेस  नेता गगन थापाको लाइनमा नेकपाको प्रचण्ड–नेपाल समूह, यस्तो छ रणनीति

    काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगनकुमार थापाले संसद अधिवेशन बोलाएर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाँध्न सकिने सुझाव दिए । 

    थापाले सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटरमार्फत सुझाव सार्वजनिक गरेका थिए । अहिले कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ ।

    थापाले संसद अधिवेशन बोलाउनुपर्ने धारणा सार्वजनिक गरेको केहीबेरमै सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसद हस्ताक्षर बोकेर राष्ट्रपति विद्यादेवी भण्डारी निवास शितलनिवास पुगे । जसमा संसद अधिवेशनकै माग गरिएको छ ।

    यसरी नेकपाभित्रको प्रचण्ड–नेपाल समूह कांग्रेस नेता गगन थापाको लाइनमा आएको छ । सांसद थापाले बरालिएका ओलीलाई बाँध्न संसद अधिवेशन बोलाउन बाध्य पार्न, उपसभामुख नभएसम्म संवैधानिक परिषद् बैठकमा नजान र संसदमा उपसभामुखको निर्वाचन गर्न बाध्य पार्न सुझाव दिएका छन् ।

    उनले ट्विटरमा लेखेका छन्, ‘संविधानको धारा ९३(३) अनुसार संसद अधिवेशनका लागि आजै निवेदन दिऔं । उपसभामुखको निर्वाचन नगरेसम्म संसदको गतिविधि ठप्प गरौं । उपसभामुख विनाको संवैधानिक परिषद् बैठक अस्वीकार गरौं । संसद र सडकबाट यो अध्यादेश फिर्ता गर्न बाध्य पारौं ।’

    नेता थापाको सुझाव अनुसार कांग्रेसले ठोस निर्णय लिई नसक्दै नेकपा सांसद भीम रावल र पम्फा भुसाल अन्य सांसदको समेत हस्ताक्षरसहित शितलनिवास पुगेका हुन् ।

    शितलनिवासका सचिव सम्पर्कमा नआएका कारण निवेदन दर्ता हुन नसकेको नेकपा स्रोतले जनाएको छ । तर काग्रेस र नेकपाको प्रचण्ड–नेपाल समूह ओलीविरुद्ध समान धारमा आइपुगेको छ । ओलीको दादागिरी अन्त्य गर्न नेकपाका नेताहरू संघर्षरत रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०३:०५:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend