बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

झापामा भयो ओली–प्रचण्डले जनताको भविष्य बर्बाद पार्न लागेको उद्घोष

झापामा भयो ओली–प्रचण्डले जनताको भविष्य बर्बाद पार्न लागेको उद्घोष

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 5.0K
    SHARES

  • झापामा भयो ओली–प्रचण्डले जनताको भविष्य बर्बाद पार्न लागेको उद्घोष

    झापा – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला ओलीकै गृहजिल्ला झापामा हजारौं जनता सडकमा उत्रिएका छन् ।

    राजसंस्था र हिन्दूराष्ट्र पुनः स्थापना र संघीयता खारेजीको माग गर्दै झापामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आह्वानमा हजारौं युवालाई सडक प्रदर्शनमा उत्रिएका हुन् ।

    प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै राप्रपाका प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले राजावादीको प्रदर्शन ‘कास्टिङ’ मात्र भएको बताए । काँकडभिट्टाबाट सुरू भएको र्‍यालीलाई बिर्तामोडमा पुगेपछि सम्बोधन गर्दै लिङ्देनले भने, ‘यो प्रदर्शन कास्टिङ मात्र हो । क्लाइमेक्स आउन बाँकी छ ।’ 

    नेता लिङ्देनले प्रधानमन्त्री केपी ओली मात्र नभएर अहिलेको व्यवस्था नै असफल भएको आरोप लगाउँदै नेकपा अध्यक्षद्व ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनताको भविष्य बर्बाद पार्न लागेको उद्घोष गरे ।

    ‘यो देश अहिलेको व्यवस्थाले बिग्रियो भने केपी ओली र प्रचण्ड लगायतका नेतालाई केही फरक पर्दैन,’ लिङ्देनले भने, ‘जनताको वर्तमानदेखि भविष्य समेत बर्बाद पार्ने सुरमा नेता लागेका छन् ।’ 

    linden.jpg

    लिङ्देनले अब राजसंस्था र हिन्दूराष्ट्र सबैको साझा भएको बताएका छन् । ‘हिन्दूराष्ट्र कुनै जात विशेषले मान्ने नभएकाले सबै नेपालीलाई बाध्ने एक मात्र सूत्र हिन्दूराष्ट्र हो,’ उनले भने । 

    शनिवार दिउँसो ३ बजे काँकडभिट्टाबाट सुरू भएको प्रदर्शनमा १५ वटै स्थानीय तहबाट राप्रपाका कार्यकर्ता काँकडभिट्टामा भेला भएका थिए । मोटरसाइकल र्‍यालीमा सहभागी सबैले ‘राजा आऊ देश बचाऊ, नारायणहिटी दरबार खाली गर’ लगायत नारा लगाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend