बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्ड–नेपालसँग लड्दा–लड्दा थाके केपी ओली, भने – ‘जे मन लाग्छ गर्नूस्’

प्रचण्ड–नेपालसँग लड्दा–लड्दा थाके केपी ओली, भने – ‘जे मन लाग्छ गर्नूस्’

  • मिडिया डबली
  • शनिवार, मंसिर २० २०७७

  • 5.9K
    SHARES

  • प्रचण्ड–नेपालसँग लड्दा–लड्दा थाके केपी ओली, भने – ‘जे मन लाग्छ गर्नूस्’

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको गुटसँग लड्डा–लड्दा थालेका छन् । ओलीले शनिवारको सचिवालय बैठकमा भनेका छन्, ‘जे मन लाग्छ गर्नूस् ।’
     
    प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिवार दिउँसो बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले आईतबार दिउँसो स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

    आईतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालयका सबै, ९ जना नै नेताहरूको उपस्थितिमा बसेको बैठकले स्थायी कमिटीको बैठक बोलाएको हो । आईतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची छ ।

    यसअघिको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पृष्ठको प्रस्ताव ल्याएपछि अध्यक्ष ओलीले १० दिनपछि त्यसको काउण्टरमा ३८ पृष्ठको बेग्लै प्रस्ताव ल्याएका छन् । प्रचण्डको प्रस्तावलाई ‘लाञ्छना पत्र’को संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यसलाई खारेज गरेर प्रचण्डले माफी माग्नुपर्ने तर्क गरेका थिए ।

    तर प्रधानमन्त्री ओलीको माग विपरीत शनिवारको सचिवालय बैठकले प्रचण्ड र ओली दुवैका प्रस्तावहरू औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ । आईतवारको स्थायी कमिटी बैठकमा ती प्रस्तावका साथै ओली र प्रचण्डले लेखेका चिठीपत्र समेत अध्ययनका लागि वितरण गरिने सचिवालयका एक नेताले जानकारी दिए ।

    शनिवारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरूको अनुमान थियो । तर बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करीब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बनेका थिए । बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहोर्‍याएका थिए ।

    शनिबार बसेको बैठकको सुरूमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले सचिवालयमा आएका प्रस्तावहरू स्थायी कमिटीको बैठकमा लैजाऔं र त्यसपछि केही समय लिएर त्यसमा गृहकार्य गरौं भन्ने प्रस्ताव राखेका थिए । प्रचण्ड बोलेपछि झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा छलफल गर्नु उपयुक्त हुने भन्दै प्रचण्डको भनाइमा सहमति जनाए ।

    नेताहरूले स्थायी कमिटीमा जाने भन्दै गर्दा अध्यक्ष केपी शर्मा ओलीले त्यसमा असहमति जनाउँदै बल प्रयोग नगर्न आग्रह गरेका थिए । ‘मलाई केही भन्नु छैन, सायद तपाईंहरूको तयारी पुग्यो होला, सबै कुरा मलाई थाहा छ, यसरी पार्टीमा बल प्रयोग नगरौं । आजको बैठकमा पनि बल प्रयोग भएको छ,’ प्रधानमन्त्री ओलीले बैठकमा भने, ‘त्यो लाञ्छना पत्रलाई छलफलमा लैजान सकिँदैन, भोलि स्थायी कमिटीको बैठक नगरौं, अलि दिन सचिवालयमै निकास निकालेर बैठक गरौं । स्थायी कमिटीको बैठक गर्न एजेण्डा पनि छैन, तयारी पनि छैन ।’

    अध्यक्ष ओलीले बोलिसकेपछि माधव नेपालले प्रतिवाद गर्दै भने, ‘अहिले पनि उहाँमा म नै सुप्रिम हो भन्ने छ, गल्ती स्वीकार गर्नुपर्छ भन्ने नै छैन ।’ माधव नेपालको आलोचनापछि ओलीले भने, ‘भोलि स्थायी कमिटी बस्दैन ।’

    बीचमा उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्रीलाई सोधे, ‘प्रधानमन्त्रीज्यूले टाइम माग्नुभएको हो ?’ बामदेवलाई जवाफ दिँदै अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भने, ‘टाइम भनेको के हो ? प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भनेको हो भने महाधिवेशनसम्म अध्यक्ष र अर्को चुनावसम्म प्रधानमन्त्रीबाट हटाउन सम्भव छैन, तपाईंहरूले खोजेको निकास त्यो हो भने जे मन लाग्छ, गर्नोस् ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend