बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली सरकारविरुद्ध मुद्दा बोकेर मन्त्री नै पुगे सर्वाेच्च अदालत, कठघरामा उभिनुपर्ने

ओली सरकारविरुद्ध मुद्दा बोकेर मन्त्री नै पुगे सर्वाेच्च अदालत, कठघरामा उभिनुपर्ने

  • मिडिया डबली
  • बिहिवार, मंसिर १८ २०७७

  • 4.0K
    SHARES

  • ओली सरकारविरुद्ध मुद्दा बोकेर मन्त्री नै पुगे सर्वाेच्च अदालत, कठघरामा उभिनुपर्ने

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध मन्त्री नै उपस्थित भएर प्रदेश २ सरकारले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेको छ ।

    संघीय सरकारले क्षेत्राधिकार मिचिएको भन्दै ओली सरकारविरुद्ध पुनः अर्को रिट दायर गरेको छ । प्रदेश २ सरकारका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल र प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा रिट बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका थिए । 

    संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेश सिँचाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको रिटमा उल्लेख गरिएको छ । संघ सरकारको कार्य बदर गर्न माग गरिएको छ । 

    यसअघि पनि प्रदेश २ सरकारले क्षेत्राधिकार मिचिएको भन्दै दायर गरेका अरु रिट सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधीन छन् । संघले प्रहरीको भर्ना खोलेपछि त्यसविरुद्ध पनि प्रदेश प्रहरीले रिट दायर गरेको थियो ।

    फौजदारी अभियोगमा प्रदेश कानूनले सजाय तोक्न पाउनुपर्ने माग सहितको रिट पनि संवैधानिक इजलाशमा विचाराधीन रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend