काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरू र पदाधिकारीहरू विलासी भएको भन्दै जनस्तरमा आलोचना भइरहेका बेला सरकारले फेरि विलासी जीवनशैली देखाउने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १८० मोडेलका कारहरू लिने निर्णय गरेको जानकारी दिएका छन् ।
राज्यको ढुकुटीबाट करोडौंका सवारीसाधन र कारहरू खरिद गर्दै आएको सरकारले फेरि कतारबाट कार समेत लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले ती कारहरू सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको गुरुङले बताएका छन् ।
कतारका कारहरू नेपाल ल्याएपछि सरकारमा जसले पहुँच पुर्याउन सक्छ उसैलाई दिइनेछ । यसअघि समेत सरकारसँग रहेका राम्रा–राम्रा सवारीसाधन प्रधानमन्त्रीका आसेपासे र मन्त्रीहरूले प्रयोग गर्दै आएका छन् । कतिपय विकासे परियोजनाका गाडीहरू समेत नेताहरूले कब्जामा राखेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।