काठमाडौँ - धादिङ उत्तरी क्षेत्र रुविभ्यालीमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनको कार्यालय स्थापना गरिएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित फाउण्डेशनलाई देशका सबै स्थानीय तहसम्म लैजाने उदेश्यका साथ सोमबार रुवीभ्यालीमा शाखा कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको फाउण्डेशनका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले उद्घाटन गरिन्। कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कोइरालाले नेपालको समृद्धिको आधार कृषि, पर्यटन र प्राकृतिक स्रोत भएको बताउँदै यी तीनवटै वस्तुको सम्भावना रुविभ्यालीमा रहेको बताइन् । रुविभ्यालीको समग्र विकासको निम्ति जिपी फाउण्डेशनले विभिन्न निकायसँग सहकार्य गरी काम गर्ने उनकाे भनाई थियो ।
काँग्रेस नेत्री कोइरालाले सोही अवसरमा नेपाली काँग्रेस रुविभ्याली पार्टी कार्यालयको समेत उद्घाटन गरिन् । कार्यक्रममा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, जिपि फाउण्डेशन पर्यटन विभागका निर्देशक कुलबहादुर गुरुङ, जिपि फाउण्डेशन विज्ञान विभागका निर्देशक तारा बन्जाडे, काँग्रेस युवा नेता मीन तामाङलगायतको सहभागिता रहेको थियो । जिपि फाउण्डेशनले रुविभ्यालीमा स्वास्थ्य सामाग्रीसमेत वितरण गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।