काठमाडौं- उपत्यकाभित्र महानगर तथा नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुईदेखि बढीमा तीन साताको कडा लकडाउन गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र सरकारलाई सुझाव दिएको छ ।
कोरोना संक्रमण थप फैलन नदिन र नियन्त्रणमा ल्याउनका लागि फाेरमले लकडाउनकाे सुझाव दिएकाे हाे । दशैंतिहार र छठ सकिए लगत्तै उपत्यका मेयर्स फोरमले लकडाउनको माग गरेकाे हाे ।
यसअघि कोभिड—१९ व्यवस्थापन सञ्चालन केन्द्रको एक साता अगाडि बसेको बैठकले कडा लकडाउनको माग गरेको छ । १४ जना मेयरहरू र बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपस्थित बैठकमा तीन, चारजनाले कडा रूपमा लकडाउनको माग गरेका थिए ।
तर काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने बैठकमा लकडाउनको कुनै कुरा नउठाएको बताइएको छ । बैठकमा गृहमन्त्री थापाले छठपछि विधिपूर्वक लकडाउन गरिने आशय व्यक्त गरेको समेत बताइएको छ।
तर त्यसका लागि स्वास्थ मन्त्रालयको सिफारिस तथा गृह मन्त्रालयले प्रस्ताव लैजानुपर्ने छ । यद्यपी बरु निण्न्त्रणका उपायँहरु अझैं कडाइका साथ लागु गर्ने तर लकडाउन नै भने नगर्ने सरकारी तयारी छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।