आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालुवाटारमा ओलीलाई वामदेवको दनक, सोझैं भने 'प्रचण्डलाई मेरो समर्थन छ'

बालुवाटारमा ओलीलाई वामदेवको दनक, सोझैं भने 'प्रचण्डलाई मेरो समर्थन छ'

  • मिडिया डबली
  • आइतवार, कार्तिक ३० २०७७

  • 6.0K
    SHARES

  • बालुवाटारमा ओलीलाई वामदेवको दनक, सोझैं भने 'प्रचण्डलाई मेरो समर्थन छ'

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामु सोझैं कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन गरेका छन् ।

    उक्त भेटका क्रममा नेता गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको भन्दै प्रचण्डलाई समर्थन गरेका हुन् ।

    ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं’ गौतमले प्रधानमन्त्री ओलीलाई भने, ‘यो प्रस्ताव तयार गर्नमा कम–बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौं ।’

    उपाध्यक्ष गौतमले बालुवाटार पुगेर सो प्रस्ताव प्रचण्डको मात्रै नभई पाँचै जना नेताहरुको साझा प्रस्ताव भएको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । शुक्रबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि विभिन्न प्रवृत्तिगत आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

    प्रचण्डद्वारा प्रस्तुत प्रस्तावमा केपी ओलीलाई ‘त्याग गर्न’ भन्दै घुमाउरो अर्थमा राजीनामा मागिएको छ । यो प्रस्तावमाथि मंसिर ३ मा बस्ने सचिवालय बैठकमा छलफल हुने कार्यसूची छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०९:३९:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend