आइतवार, मंसिर १४ २०७७Nov 29 2020

Logo
images
images
images
images

प्रचण्ड र नेपालको डेन्जर खेलले ओलीलाई तनाब, बहुमतले नै हटाउने अन्तिम तयारी !

प्रचण्ड र नेपालको डेन्जर खेलले ओलीलाई तनाब, बहुमतले नै हटाउने अन्तिम तयारी !

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 3.5K
    SHARES

  • प्रचण्ड र नेपालको डेन्जर खेलले ओलीलाई तनाब, बहुमतले नै हटाउने अन्तिम तयारी !

    काठमाडौं - सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद पेचिलो बन्ने देखिएको छ । विवाद उग्र बन्दै जाँदा दुवै पक्ष आ–आफ्नो रणनीतिमा जुटेका छन् ।

    मुख्य सचिव, ३ राजदूत नियुक्तिदेखि ३ मन्त्रीको नियुक्तिसम्म आउँदा नेकपाका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेता प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्ट बनेका छन् ।

    images
    images

    विष्णु पौडेल संयोजकत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन र स्थायी समिति बैठकले सहमतिका आधारमा अघि बढ्न सुझाएकोमा ओली स्वेच्छाचारी ढंगले अघि बढेको प्रचण्ड–माधव समूहको आरोप छ ।

    प्रधानमन्त्री ओली विगतका सहमति र निर्णय पन्छाएर अघि बढेकाले अविश्वासको प्रस्ताव ल्याएर हटाउनु पर्ने मत नेकपाका कतिपय नेताले राख्न थालेका छन् ।

    यद्यपि, प्रचण्ड–माधव तत्काल त्यस्तो मनस्थितिमा नपुगेको बताइएको छ । बरु, चाँडोभन्दा चाँडो सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड–माधव समूह जुटेका छन् ।

    स्रोतका अनुसार स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा बहुमतबाट निर्णय गराएर प्रधानमन्त्रीविरुद्ध अघि बढ्ने मनस्थितिमा प्रचण्ड र माधव समूह रहेको स्रोतको दावी छ । नेकपाले यसअघि कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बोलाएको थियो ।

    तर कोरोना महामारीलाई देखाउँदै त्यसलाई १ महिना पर सारिएको छ । स्थायी समिति बैठक भने डेढ महिनाअघि मात्र बसेको थियो । ‘प्रचण्ड–माधव समूह ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय बनेको सूचना कतिपयले प्रवाह गरे पनि उहाँहरू त्यसो नगरी स्थायी र केन्द्रीय कमिटीमा बहुमतबाट निर्णय गरेर ओलीविरुद्ध अघि बढ्ने तयारीमा हुनुहुन्छ,’ नेकपाका एक नेताले भने ।

    एक्लाएक्लै नभेट्ने

    नेकपामा विवाद बढेपछि ओलीले प्रचण्डलाई छलफलका लागि बोलाएका छन् । तर भेटका लागि उनी तयार भएका छैनन् । केही दिनयता ओलीले प्रचण्डलाई छलफलका लागि तारन्तार बोलाए पनि नगएको बताइन्छ ।

    स्रोतका अनुसार, प्रचण्ड एक्काएक्लै भेट नगर्ने पक्षमा छन् । यसअघिका भेटमा भएका सहमतिहरू प्रधानमन्त्रीबाट पालना नभएकाले प्रचण्ड एक्लाएक्लै संवाद गर्न हच्किएको बताइन्छ । साँघु साप्ताहिक

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology