काठमाडौँ- कम्युनिष्ट पार्टीका प्रत्येक बैठकमा हुनैपर्ने आलोचना–आत्मालोचना सामाजिक सञ्जालमा छरपष्ट हुन थालेका छन् ।
नेकपा जाजरकोटका सचिवालय सदस्य तथा आर्थिक विभाग प्रमुख कमान खड्का र अनेरास्ववियुको केन्द्रीय निर्वाचन आयोग सदस्य शेखर बोहराबीच फेसबुके दोहोरी जारी छ ।
कमानले दुई कौडीको हैसियत नभएको बौलाहा र काठमाडौंका क्याम्पसमा चन्दा उठाएर बस्नेहरूको कुनै सामाजिक हैसियत नहुने भन्दै लज्जाजनक गालीगलौज गरेका छन् ।
अनेरास्ववियु केन्द्रीय कमिटीको सर्कुलरलाई बेवास्ता गर्दै गैरविद्यार्थी एवं व्यापारी सम्मिलित जिल्ला कमिटी पुनर्गठन गरिएको गुनासोसहित केही दिनअघि बोहोरा र साविक जिल्ला सचिव रामचन्द्र घर्तीको नेतृत्वमा केन्द्रीय कमिटीसमक्ष असहमति पत्र पेश गरिएको थियो ।
पार्टी केन्द्रले ल्याएको आचारसंहिताविपरित दोषारोपण र गलत सन्देश प्रवाहमा तम्सिएका दुवै जनालाई कारबाही गरिनुपर्ने माग कार्यकर्ताको छ । जनआस्था
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।