काठमाडौं- नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटमा कुनै पनि क्लबले अनुबन्धित गरेका छैनन्।
तीन वर्षदेखि सबै फ्रेन्चाइज लिग खेल्दै आएका सन्दीपलाई सोमबार सम्पन्न ड्राफ्टबाट कुनै टिमले छानेको छैन् ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गरिरहेको छ। तर सन्दीप भने लगातार ९ खेलसम्म बेन्चमा छन्। लंका प्रिमियर लिगमा कुनै पनि टिमले सन्दीपलाई छनोट नगर्नुको कारण दिल्लीको टिममा लगातार बेन्चमा बस्नु पनि एक हो।
श्रीलंका क्रिकेट बोर्डको आयोजनामा लंका प्रिमियर लिग नोभेम्बर २१ देखि डिसेम्बर १३ तारिखसम्म आयोजना हुनेछ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।