आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

त्रिवि क्रिकेट रंगशालाका कर्मचारीलाई सन्दीपले गरे एक लाख सहयोग

त्रिवि क्रिकेट रंगशालाका कर्मचारीलाई सन्दीपले गरे एक लाख सहयोग

  • मिडिया डबली
  • सोमवार, आश्विन २६ २०७७

  • 7.1K
    SHARES

  • त्रिवि क्रिकेट रंगशालाका कर्मचारीलाई सन्दीपले गरे एक लाख सहयोग
    फाइल तस्बिर

     काठमाडौं - नेपाली राष्ट्रिय टोलीका सशक्त लेग स्पिनर सन्दीप लामिछानेले त्रिवि क्रिकेट मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गरेका छन्। गत साउनमा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जानुअघि सन्दीपले त्रिवि मैदानमा कार्यरत कर्मचारीलाई एक लाख रुपैयाँ सहयोग गर्ने बताएका थिए।

    सोही प्रतिवद्धता अनुसार आइतबार आइतबार सन्दीपको व्यवस्थापन हेर्दै आइरहेका नेपाली क्रिकेट टोलीकै टेक्निकल एनालिष्ट रमन सिवाकोटीले रकम बुझाएका हुन्। सिवाकोटीले मैदानका इन्चार्ज मधु तामाङलाई भेटेर एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन्। त्रिवि क्रिकेट मैदानमा १५ जना कर्मचारी छन्।

    सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरव इमिरेट्स (यूएई) मा छन्। जारी सिजनमा उनले कुनै पनि खेल खेल्न भने पाएका छैनन्। उनी आवद्ध दिल्ली क्यापिटल्सले भने उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १५ २०७७०६:५५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend