आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सन्दीपसहित दुई नेपाली क्रिकेटर लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

सन्दीपसहित दुई नेपाली क्रिकेटर लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 7.6K
    SHARES

  • सन्दीपसहित दुई नेपाली क्रिकेटर लङ्का प्रिमियर लिगको छनोट प्रक्रियामा

    काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट)मा परेका छन् । 

    ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । 

    सन्दीप हाल इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने क्रममा युनाइटेड अरब इमिरेट्स (युएई) मा रहेका छन् ।

    यसैगरी अर्का नेपाली खेलाडी सुमन गौतम पनि एलपीएलको ड्राफ्टमा परेका छन् । सुमन हाल अष्ट्रेलियामा रहेका छन् ।

    गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउने छन् । 

    आज हुने अक्सनबाट सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्ने नेपाली राष्ट्रिय टोलीका प्रविधि विश्लेषक रमन शिवाकोटीले जानकारी दिए । 

    लङ्का लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ । श्रीलङ्का क्रिकेट बोर्डले पहिलो पटक लङ्का प्रिमियर लिग आयोजना गर्दैछ । उक्त लिगमा २८ विदेशी खेलाडीले स्थान पाउनेछन् ।
     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १५ २०७७०६:५५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend