बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रधानमन्त्री ओलीका सल्लाहकारहरू कोरोना मुक्त, जनता कहिले होलान् ?

प्रधानमन्त्री ओलीका सल्लाहकारहरू कोरोना मुक्त, जनता कहिले होलान् ?

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 5.6K
    SHARES

  • प्रधानमन्त्री ओलीका सल्लाहकारहरू कोरोना मुक्त, जनता कहिले होलान् ?

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारभित्र कोरोना छिरेपछि प्रधानमन्त्री ओलीका सचिवालयका तीन सल्लाहकारलाई पनि कोरोना संक्रमण पुष्टि भयो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, मुख्य राजनीतिक सल्लहकार विष्णु रिमाल र परराष्ट्र सल्लहकार डाक्टर राजन भट्टराई कोरोना मुक्त भएका हुन्। उनीहरुको सम्पर्कमा आएका केहीको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको छ। सरकारी खर्चमा मन लागेको बेलामा कोरोना परीक्षण गर्नेहरुले जनता उपचार नपाएर ज्यान गुमाउन बाध्य भएको तर्फ भने ध्यान दिएका छैनन्। अचम्मको कुरा के भने हिजो बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा कोरोना नियन्त्रणको विषयमा कुनै छलफल नै भएन। यसबाट पनि थाहा हुन्छ कि प्रधानमन्त्री केपी शर्मा ओली तथा ओली नेतृत्वको सरकार जनताको सुरक्षाका निम्ति पनि कित उदासिन छ भन्नेबारे। स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रणका विषयमा मन्त्रिपरिषदमा कुनै प्रस्ताव नै लगेनन्। उता स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बेहोस हुने अवस्थामा मात्रै अस्प्ताल आउनु भनेर जनताको स्वास्थ्य उपचार गर्न नसक्ने भनेर सरकारले हात झिकिसकेको संकेत गरिसकेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend